सोमबार, फागुन २५, २०८२

९ अंकले बढ्याे सेयर बजार, काराेबार कति ?

मेरोन्यूज २०८२ असार १६ गते १६:२४

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक नौ दशमलव १९ अंकले बढेर दुई हजार ६३१ दशमलव ४८ विन्दुमा कायम भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

आज विभिन्न ३१८ कम्पनीका एक करोड ४१ लाख ७२ हजार ५३५ कित्ता शेयर ६३ हजार ३७१ पटक खरिदबिक्री हुँदा रु छ अर्ब ३८ करोड ७२ लाख सात हजार १५ बराबरको कारोबार भएको छ । आजको कारोबारमा वित्त समूह शून्य दशमलव ०६, होटल तथा पर्यटन शून्य दशमलव ०३, जलविद्युत् शून्य दशमलव २८ र अन्य समूह शून्य दशमलव ३६ प्रतिशतले घटेको छभने अरू सबै समूहको उपसूचक बढेको छ ।

उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै एक दशमलव ६३ प्रतिशतले बढेको छ । बैङ्किङ शून्य दशमलव ३८, विकास बैङ्क शून्य दशमलव ७२, लगानी शून्य दशमलव ०२, जीवन बिमा शून्य दशमलव ८२, लघुवित्त शून्य दशमलव ९२, म्युचुअल फन्ड शून्य दशमलव ३६, निर्जीवन बिमा शून्य दशमलव ६१ र व्यापार समूह शून्य दशमलव ७२ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शेयर मूल्यमा सबैभन्दा धेरै नौ दशमलव ९७ प्रतिशतले बढेको छ भने पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको शेयर मूल्य चार दशमलव ९२ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै साहास ऊर्जा लिमिटेडको रु ३६ करोड ५३ लाख ९८ हजार ४८८ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सिङ्गटी हाइड्रो इनर्जी लिमिटेड सात लाख १५ हजार ९३९ कित्ता खरिदबिक्री भएको छ ।

प्रतिक्रिया