किसानलाई कृषि औजार वितरण

भोजपुर, १८ असार : पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ । गाउँपालिकाले किसानसँगको लागत साझेदारीमा रु २८ लाख बराबरका कृषि सामग्री वितरण गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार किसानको मागका आधारमा ४२ वटा मिनीटिलर र २६ वटा घाँस काट्ने मेसिन वितरण गरिएको हो ।
गाईपालन कार्यक्रममा सहभागी किसानलाई कृषि औजार वितरण गरिएको हो । किसानलाई आनुधिक खेती प्रणालीमा जोड्दै यन्त्रिकीकरण गर्ने उद्देश्यले कृषि औजार वितरण गरिएको उनले बताए ।
गाउँपालिकाले व्यवस्थित खेती प्रणालीमा जोड दिएको जानकारी दिँदै गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले गाउँपालिकामा करोडौँको अकबरे खुर्सानी उत्पादन भइरहेको तथा किसानलाई यस्तै नगदेबालीमा प्रोत्साहन गर्न उपकरण वितरण गरिएको बताए। महिलालाई उद्यममा जोड्न महिला विकास बोर्डमार्फत विविध कार्यक्रम सञ्चालन भइरहेका उनले जानकारी दिए ।
















भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
डिजिटल रूपान्तरणमा चीनको बढ्दो प्रभाव
सुनसरीमा हुरीले मकैखेतीमा क्षति
राष्ट्रपतिले जारी गरे थप तीन वटा अध्यादेश
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
प्रतिक्रिया