एमालेले माग्यो रामहरि खतिवडाको राजीनामा
मेरोन्यूज
२०८२ असार १८ गते १३:५१

काठमाडाैं । सत्ताको नेतृत्व दल नेकपा एमालेले पनि प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा माग गरेको छ।
एमाले सांसद पदम गिरीले आजको बैठकमा खतिवडाको राजीनामा माग गरेका हुन्।
‘यो नेपालको संसद्को इतिहासमा लज्जास्पद स्थिति हो। प्रतिवेदनमा समितिको सभापति र सचिवको हस्ताक्षर छ,’ उनले भने, ‘हेर्ने अन्तिम दायित्व उहाँहरूको हो। जिम्मेवारी लत्याएर गैरजिम्मेवार बनेको देखियो। नैतिकताको हिसाबले जिम्मेवारीमा रहन मिल्दैन।’
त्यस्तै उनले समिति सभापतिसँगै सचिवले पनि पदमा रहिरहन नमिल्ने बताए।
सम्बन्धित









एमाले महाधिवेशन : ओलीको अग्रता कायम
एमाले उपाध्यक्ष: विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण
एमाले महाधिवेशन : महासचिवमा शंकरको प्रारम्भिक अग्रता
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
ओलीसँग भिड्न ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता
प्रतिक्रिया