धार्मिक पर्यटकीय क्षेत्र घुमारी घाट ओझेलमा

त्रिवेणी ९नवलपरासी०, १८ असारः नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० नवलपुरको पहाडी क्षेत्रमा पर्ने धार्मिक पर्यटकीय क्षेत्र घुमारी घाट ओझेलमा परेको छ ।
जिल्लाको बुलिङटार गाउँपालिका–६ मा रहेको धार्मिक पर्यटकीय क्षेत्र घुमारी घाटमा पूर्वाधार विकाससहित प्रचारप्रसार नहुँदा ओझेलमा परेको हो ।
कालिगण्डकी करिडोरसँगै जोडिएको घुमारी घाट प्राकृतिक रूपमा मनमोहक रहेको छ । कालीगण्डकी नदीले शङ्ख आकारको घाट बनाएको यो स्थानलाई कृष्णसँग जोडिएको धार्मिक कथाले भरिएको छ ।
घुमारी घाटमा द्वापर युगमा भगवान् श्रीकृष्णले कामधेनु गाई चराउँदै आउँदा गाईको दूध खाएको धार्मिक विश्वास रहेको छ । सो स्थानमा भगवान् कृष्णले दूध खाँदा बग्दै आएकी कालीनदी श्रीकृष्णलाई बचाउन घुमेर बगेको बताइन्छ ।
कालीगण्डकी नदीले करिब ५०० रोपनी क्षेत्रफलमा शङ्ख आकारको प्राकृतिक घेरा बनाएको छ । कालीगण्डकी नदी घुमेर बगेको प्राकृतिक रूपमा मनमोहक स्थान भए पनि घुमारी क्षेत्र ओझेलमा पर्दै आएको स्थानीय समाजसेवी डिबी गुरुङले बताए ।
कालीगण्डकी नदी बग्दै आउँदा यति सुन्दर भएर घुमेको र धार्मिक मान्यतासँग समेत जोडिएको स्थल भए पनि यसको विकास र प्रवद्र्धनमा खासै कसैले चासो नदिएको उनले बताए।
घुमारी क्षेत्र पुग्ने बाटो स्तरोन्नतिको कामले समेत पूर्णता पाउन नसक्दा धेरै मान्छे उक्त स्थल नपुग्ने गरेको उनले बताए ।
“पहुँचमार्ग सहज हुने हो भने कालीगण्डकी करिडोर हुँदै यात्रा गर्ने जो कोही यसको अवलोकनका लागि आउँथे होला, बाटोको पनि असुविधा छ, पूरै बन्न सकेको छैन”, गुरुङले भन्नुभयो ।
घुमारीको विकासका लागि केही वर्ष पहिले काम अघि बढेको भए पनि हाल अलपत्रजस्तै बन्न पुगेको छ । पाँच वर्ष पहिला निर्माण सुरु गरिएको राधाकृष्ण मन्दिर अहिले अलपत्र अवस्थामा रहेको छ ।
मन्दिरले पूर्णता नपाउँदा बनेका संरचनासमेत जीर्ण बन्दै गएको छ । गण्डकी प्रदेश सरकारमार्फत २०७७ सालमा मन्दिरको संरचना निर्माण सुरु गरिएको थियो । पछिल्ला वर्षमा उक्त स्थानका लागि बजेट नपर्दा अलपत्र बनेको स्थानीय गुरुङको भनाइ छ ।
सुरु गरिएको कार्यलाई पूर्णता दिनेगरी योजना नबनाउँदा घुमारीमा हाल रहेका संरचना थप जीर्ण भएर भग्नावशेषमा परिणत हुने चिन्ता छाएको छ । निर्माण सुरु गरिएको योजनालाई पूर्णता दिने साथै यसको प्रचारप्रसार र प्रवद्र्धनमा लाग्नुपर्ने उनले बताए।
पर्यटन तथा उद्योग कार्यालय नवलपुरका कार्यालय प्रमुख निर्मलराज बरालले जिल्लाका अन्य पर्यटकीय क्षेत्रमा केही पूर्वाधार विकासका लागि बजेट र योजना भए पनि घुमारीका लागि चालु आवमा केही कार्य नभएको बताए ।
जिल्लाको पर्यटकीय क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्षको योजनामा समेत घुमारी कतैबाट सिफारिस नहुँदा सो स्थानमा काम गर्नसक्ने अवस्था नभएको उनको भनाइ छ ।
















बढ्यो खाना पकाउने ग्यासको मूल्य
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया