एसिसी पुरुष यु–१६ः नेपाल बलिङ गर्दै
मेरोन्यूज
२०८२ असार १९ गते ८:४८

काठमाडौँ । एसियाली क्रिकेट परिषद् (एसिसी) पुरुष यु–१६ ‘इस्ट जोन’ कप क्रिकेट प्रतियोगितामा नेपालले घरेलु टोली मलेसियाविरुद्धको सेमिफाइनलमा टस जितेको छ । मलेसियाको सेलेङ्गर ट्रफ क्लबमा भएको टसमा नेपाली टोलीका कप्तान विपिनप्रसाद शर्माले टस जितेर पहिला बलिङ रोजेका छन् । नेपाल समूह ‘ए’ को विजेता र मलेसिया समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनल पुगेको हो । समूह चरणमा नेपालले सङ्गापुर, जापान, इन्डोनेसिया र भुटानलाई पराजित गरेको छ । मलेसियाले समूह चरणका चार खेलमध्ये तीन खेल जितेको छ । माल्दिभ्स, थाइल्यान्ड र म्यान्मालाई हराएको मलेसियाले हङकङसँग पराजय बेहोरेको थियो । अघिल्लो संस्करणमा मलेसियालाई हराउँदै नेपाल च्याम्पियन भएको थियो । एसिसीको आयोजनामा जारी प्रतियोगितामा नेपालसहित १० राष्ट्र सहभागी छन् । –––
सम्बन्धित









पोखरामा केई र फोर्थिङको सोरुम सञ्चालनमा
तोडफोड आगजनी भएका सार्वजनिक निकायलाई कागजात अद्यावधिक गर्न आह्वान
बाघ गणना आगामी पुस १ गतेदेखि
जेनजी आन्दोलनले दीपकको सपनाको उडान रोकियो
म्याग्दीमा धान उत्पादन बढ्यो
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
प्रतिक्रिया