भोजपुर क्याम्पसलाई छ लाखको स्मार्ट बोर्ड हस्तान्तरण
मेरोन्यूज
२०८२ असार १९ गते ११:१८

भोजपुर यहाँको रामप्रसादराई गाउँपालिकाले भोजपुर बहुमुखी क्याम्पसलाई तीनवटा स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ । क्याम्पसमा प्रविधिमैत्री शिक्षणका लागि रु छ लाख लागतमा तीन वटा स्मार्ट बोर्ड उपलब्ध गराइएको हो ।
क्याम्पसको शिक्षण सिकाइलाई प्रविधिमैत्रीसँगै सहज बनाउन स्मार्ट बोर्ड हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो । विभिन्न आर्थिक वर्षमा गरी क्याम्पसको शैक्षिक विकासमा टेवा पु¥याउन रु २७ लाख बराबरको आर्थिक सहयोग गरेको अध्यक्ष राईले जानकारी दिए ।
रामप्रसादराई गाउँपालिकाबाट विभिन्न आर्थिक वर्षमा गरी क्याम्पसमा अध्ययनरत २१७ जना विद्यार्थीको पठनपाठन शुल्कसमेत गाउँपालिकाले उपलब्ध गराएको जनाएको छ ।
सम्बन्धित
















पाकिस्तानमा महँगीको असर गहिरिँदै, अप्रिलमा मुद्रास्फीति उच्च
सडक सुरक्षा प्रणाली सुधार्ने सरकारको प्रतिबद्धता
नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने
मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
पर्वतको फलेवासमा आमाबा स्वास्थ्य कार्यक्रम सुरु
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
ओमानसँग नेपाल १०२ रनले पराजित
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
प्रतिक्रिया