धनुषामा तस्कर समुहसंग झडप , ६ जना सशस्त्र प्रहरी घाईते, ४ राउण्ड हवाई फायर

धनुषा। धनुषा जिल्लाको विदेह नगरपालिका–२ स्थित गोबराही ईलाकामा असार १९ गते तस्कर समुहसंगको झडपमा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् ।
सोही ईलाकामा अन्दाजी मोटरसाईकलमा अबैध सामानहरु लुकाई छिपाई राखिएको भन्ने सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण धनुषा र प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट खटिएको टोलीले अबैध सामान खोजतलास गर्ने क्रममा एक वटा मोटरसाईकल फेला पारेको थियो ।
साथै नजिकै रहेको टहरोमा समेत खोजतलास गर्ने क्रममा अन्दाजी १००र१५० जनाको संख्यामा लुखिछिपी बसेका ती व्यक्तिहरुले घरेलु हातहतियारसहित सशस्त्र प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेका थिए ।
सोही क्रममा ६ जना सशस्त्र प्रहरी कर्मचारीहरु घाईते भएका छन् भने स्थित नियन्त्रणको लागि सशस्त्र प्रहरीले १३ राउण्ड ग्यास सेल र ४ राउण्ड हवाई फायर समेत गरेको थियो । घाइते भएकाहरुमध्य ३ जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लगिएको छ भने ३ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएकाे छ ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
प्रतिक्रिया