रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ
मेरोन्यूज
२०८२ असार २२ गते १६:३२

रौटहट । सशस्त्र प्रहरी बल नेपालले लागुऔषधको कारोबारमा संलग्न दुई युवालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एवं गणपति सन्तोषकुमार बस्नेतले बारा जिल्ला निजगढ नगरपालिका–८ का नवबहादुर वाइबा र दावा योञ्जनलाई लागुऔषधसहित पक्राउ गरेको जानकारी दिए।
उनका अनुसार ट्रमोल ३०० थान, निट्राजेपाम ट्याब्लेट १४० थान र नेटजेटकेयर पाँच थान लागुऔषधसहित उनीहरूलाई रौतहटको गजुरामुखीबाट पक्राउ गरिएको हो।
लागुऔषधसहित उनीहरूलाई इलाका प्रहरी कार्यालय लक्ष्मीनियाँ, विजयपुरमा बुझाएको गणपति बस्नेतले जानकारी दिए।
सीमासुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलले रौतहट जिल्लाको सिमाना पारी रहेका भारतीय बजारबाट लुकिछिपी हुने लागुपदार्थसहित सबै किसिमका अवैधधन्धाको न्यूनीकरण तथा नियन्त्रणका लागि सक्रियताका साथ योजनाबद्ध ढङ्बाट काम गरिहेको बताए।
सम्बन्धित










गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर भाेकमरीको जोखिममा
थापाथलीकाे ऐतिहासिक चार अखडामा गाई पाल्न समस्या
बागमती प्रदेशसभाको बैठक बोलाउने तयारीमा सरकार : काे बन्ला सभामुख ?
कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप हुँदा आठ जना घाइते
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि कडा मापदण्ड
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया