बाढी प्रभावितकाे उद्धार गर्न युद्धस्तरमा लागेका छाैं : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तिब्बतको सीमावर्ती क्षेत्रमा भएको भारी वर्षाका कारण रसुवाको ल्हेन्दे खोलासँगै भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितलाई उद्धार गर्न सरकार युद्धस्तरमा लागेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत उद्धारमा सरकारका तर्फबाट गरिने प्रयासमा कुनै कमी नहोस् भनेर निर्देशन दिइएको समेत जानकारी गराए ।
“यस दुःखद क्षणमा अत्यावश्यकबाहेक निर्धारित कार्यक्रमहरु स्थगित गरेर प्रभावित क्षेत्रमा भइरहेको उद्धार कार्यबारे सुरक्षा निकायसँग नियमित रिपोर्टिङ लिइरहेको छु,” प्रधानमन्त्री ओलीले भनेका छन्, “विपद् सम्भावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउन तीव्र समन्वय गरिएको छ । सरकारी निकायहरुले उद्धारको काम गरिरहेका छन् । त्यसमा सबैको सहयोग अपेक्षा गर्दछु ।”
प्रधानमन्त्री ओलीले बाढीले केही नागरिकको ज्यान गएको र केही बेपत्ता भएका दुःखद खबरहरु आएका र ठूलो भौतिक क्षति पु-याएको आफूले जानकारी पाएको बताएका छन् । उनले बाढीमा ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै विपद्को पीडामा रहेकाहरुप्रति सहानुभूति प्रकट गरेका छन् ।
















पाकिस्तानमा भारी वर्षा र बाढी: १५ जनाको मृत्यु
एमालेको सचिवालय बैठक जारी
संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ
सिन्धुलीमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
प्रतिक्रिया