जुम्लामा चट्याङ पर्दा १ सय ९७ भेडा मरे, भेडा पालक रावत घाइते
मेरोन्यूज
२०८२ असार २४ गते १९:३२

जुम्ला।जुम्लामा चट्याङ पर्दा १ सय ९७ भेडा मरेका छन् । जुम्लाको गुठिचौर गाउँपालिका–५ ठुुलोहाँका पाटनमा सोमबार साँझ करिब ४ बजेको समयमा परेको चट्याङले १ सय ९७ भेडा मरेका हुन् ।
चट्याङमा परि सिंजा गाउँपालिका वडा नं. ५ का ५१ वर्षीय धन बहादुर रावत गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रविन बाबू रेग्मीले बताए । घाइते रावतको सुरक्षाकर्मीले उद्धार गरेर ल्याई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
नेपाल प्रहरी, नेपाली सेना ,सशस्त्र प्रहरी र स्थानीयको टोलीले घटना स्थलमै पुगेर गणना गर्दा चट्याङबाट ६ जना किसानका १ सय ९७ वटा भेडा मरेको प्रहरीले पृष्टी गरेको छ । सिंजा गाउँपालिका वडा नं. ५ का भेडा पालक किसान धन बहादुर रावत र गोविन्द बुढा सहित ६ जना किसानका १९७ भेडा मरेको डिएसपी रेग्मीको भनाइ छ।
सम्बन्धित
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया