अस्पतालले सिलिण्डर ‘होल्ड’ गर्न थालेपछि मन्त्रालयको सिफारिशमा मात्र अक्सिजन बिक्री गर्न निर्देशन

काठमाडौं । देशभर अक्सिजनको अभाव देखिएसँगै सरकारले अनुमति लिएर मात्रै अक्सिजनको सिलिण्डल बिक्री वितरण गर्न निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रका प्रमुख डा गुणराज लोहनीले आज अक्सिजन उत्पादन गर्ने सम्पूर्ण उद्योगलाई पत्र लेख्दै मन्त्रालयको सिफारिश बिना कुनै पनि सरकारी, सामुदायिक तथा निजी अस्पतालाई ग्यास सिलिण्डर भरी बिक्री वितरण नगर्न निर्देशन दिएका हुन् ।
ननकोभिड अस्पतालले ठूलो मात्रामा अक्सिजन सिलिण्डर होल्ड गर्दा कोरोना संक्रमितको उपचारमा समस्या आएको छ । आजैमात्र राजाधनीका चार अस्पतालले अक्सिजनको अभावमा कोरोना संक्रमितको उपचार गर्न नसक्ने जनाएका छन् ।
अक्सिजन सिलिण्डरको बिक्री वितरण व्यवस्थित नहुँदा देशरभ अक्सिजनको अभाव देखिएको छ । मन्त्रालयको सिफारिश बिना अक्सिजन सिलिण्डर बिक्री विरतण गरेको पाइए कारबाही हुने उनले बताए ।

















अमेरिकी प्रतिनिधिमण्डल नपुग्दै इरानी विदेशमन्त्री पाकिस्तानबाट फिर्ता
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया