शुक्रबार, फागुन २२, २०८२

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्रवेश

मेरोन्यूज २०८२ असार २६ गते १८:४०

काठमाडौँ । भारतको प्रमुख एफएमसीजी समूह र मल्टी-बिजनेस कर्पोरेसन धर्मपाल सत्यपाल ग्रुप (डीएस ग्रुप) अन्तर्गतको लोकप्रिय ब्रान्ड क्याच स्पाइसेसले अब नेपालमा पनि आफ्नो मसलाहरू ल्याउने घोषणा गरेको छ। यो योजनाबद्ध विस्तारमार्फत क्याच स्पाइसेसले आफ्नो शुद्धता, स्वाद र इनोभेसनको परम्परालाई नेपाली भान्सासम्म पुर्यािउने लक्ष्य राखेको छ भने आफ्नो अन्तर्राष्ट्रिय उपस्थितिलाई थप मजबुत बनाउने उद्देश्य समेत लिएको छ। यसले नेपालको समृद्ध क्यूलिनरी परम्परा र विशिष्ट सांस्कृतिक पहिचान भएको बजारमा ब्रान्डको स्वाभाविक विस्तारलाई संकेत गर्दछ।

Advertisement
nepal life insurencenepal life insurence

क्याच स्पाइसेसले नेपाली बजारमा पकवानको वास्तविक स्वाद र सुवासलाई जीवित राख्ने उद्देश्यका साथ फराकिलो उत्पादन लाइन प्रस्तुत गरेको छ, जसमा स्ट्रेट मसला, विविध मिश्रित मसला, पेस्ट तथा साबुत मसला समावेश छन्।

यस ब्रान्डले अत्याधुनिक Low-Temperature Grinding (LTG) प्रविधिको प्रयोग गर्छ, जसले मसलाको प्राकृतिक बास्ना, तेल, रङ र स्थायित्वलाई जोगाइराख्छ। क्याच स्पाइसेस हाल काठमाडौं उपत्यकामा उपलब्ध भइसकेको छ र चाँडै अन्य क्षेत्रहरूमा पनि विस्तार गरिनेछ। यो ब्रान्ड भाटभटेनी जस्ता मोडर्न ट्रेड स्टोरहरू, खुद्रा स्टोरहरू, नेपाली सेनाका क्यान्टिनहरू, सामान्य खुद्रा पसलहरू, होटेल, रेस्टुरेन्ट, क्याफेहरू तथा दराज जस्ता इ–कमर्स प्लेटफर्ममार्फत उपलब्ध हुनेछ।

उक्त अवसरमा डीएस ग्रुप अन्तर्गतको क्याच स्पाइसेसका बिजनेस हेड श्री सन्दीप घोषले भने, “नेपालको प्याकेज्ड मसला उद्योगको हिस्सा बन्न पाउँदा र विशेषगरी यहाँका उपभोक्ताहरूको बदलिँदो प्राथमिकतालाई सम्बोधन गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं। स्वाद, सुगन्ध र रंगमा स्थायित्व भएको उच्च गुणस्तरीय मसलाप्रतिको माग तीव्र रूपमा बढ्दो छ, जुन कुनै पनि परिकारको लागि मुख्य आवश्यकता हो।

क्याच स्पाइसेसले आफ्नो विविध पोर्टफोलियो र स्थानीय स्वादअनुसार विशेष रूपमा तयार गरिएका उत्पादनहरूसहित उपभोक्ताहरूको यी विशिष्ट आवश्यकताहरू पूरा गर्न आदर्श स्थान पाएको छ।डीएस ग्रुपको शुद्धता र उत्कृष्टताप्रतिको प्रतिबद्धता अटल छ र हामी विश्वस्त छौं कि नेपाली उपभोक्ताहरूले हाम्रो गुणस्तरको वाचालाई स्वीकार गर्नेछन् र क्याच स्पाइसेसले प्रतिनिधित्व गर्ने वास्तविक स्वादको अनुभव गर्नेछन्।”

नेपालमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउन क्याच स्पाइसेसले अन्तर्राष्ट्रिय ख्यातीप्राप्त सेफ सन्तोष शाहलाई ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ। क्याच ब्राण्डसँगको आफ्नो संग्लग्नताबारे सेफ शाह भन्छन्, “एक सेफका हैसियतले गुणस्तरीय मसलाले परिकारमा कस्तो गहिरो असर पार्छ भन्ने कुरा मलाई राम्रोसँग थाहा छ। क्याच मसला नेपालमा भित्रिनु अत्यन्तै सकारात्मक खबर हो र म विश्वस्त छु कि यसका गुणस्तरीय उत्पादनहरूले घर तथा रेस्टुरेन्टहरूमा छिट्टै स्थान बनाउनेछ।”

क्याच स्पाइसेसले आफ्ना उत्पादन र गुणस्तरलाई लक्षित उपभोक्तासम्म पुर्यानउन उच्चस्तरीय प्रचार अभियानको योजना बनाएको छ। ब्रान्डको उपस्थितिलाई बलियो बनाउन ३६० डिग्री मार्केटिङ योजना अन्तर्गत टेलिभिजन, पत्रपत्रिका, रेडियो, बाहिरी विज्ञापनदेखि लिएर सोसल मिडिया प्लेटफर्महरूको व्यापक प्रयोग गरिनेछ। क्याच ब्रान्डले उपभोक्तासँग प्रत्यक्ष सम्पर्क बढाउन ‘अन ग्राउण्ड’ एक्टिवेशनहरूमा विशेष ध्यान दिने वाचा गरेको छ, जसबाट ग्राहकहरूले वास्तविक उत्पादन अनुभव गर्न सकून्। यो प्रचार अभियान हाल पहिलो चरणमा रहेको छ र तीज, दसैंजस्ता प्रमुख चाडपर्वको मौसमभर निरन्तर रूपमा सञ्चालन हुँदै जानेछ। यस अभियानमा नेपालको प्रसिद्ध सेफ तथा क्याच ब्रान्डका एम्बेसडर सन्तोष शाहले पनि टिभी विज्ञापन र विभिन्न रोचक कार्यक्रममार्फत आफ्ना खाना पकाउने सीप र तरिकाहरू पछाडिका रहस्यहरू उपभोक्तासँग बाँड्नेछन्।

प्रतिक्रिया