आज २०८२ साल असार २७ गते शुक्रबारको राशिफल

काठमाडौं । आज २०८२ साल असार २७ गते शुक्रबार। साउन कृष्ण पक्षको प्रतिपदा तिथि। तदनुसार सन् २०२५ जुलाई ११ तारिख। विश्व जनसंख्या दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : रोकिएका कार्य प्रारम्भ हुनेछन्। कार्यक्षेत्रमा पिताको साथ र सहयोग मिल्नेछ। आम्दानीका नयाँ स्रोतहरू बन्नेछन्। चलचित्र वा मिडियाको क्षेत्रबाट विशेष सफलता पाइनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।
वृष : राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। अरुको लागि बुद्धि र श्रम खर्चिनु पर्ला। गोपनीयता बाहिरिनाले समस्या देखा पर्ला। स्वास्थ्यलाई लिएर सचेत रहनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।
मिथुन : प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। आकस्मिक समस्याले दौडधुप गराउन सक्ला। व्यापार व्यवसायको सन्दर्भमा रमाइलो यात्रा को अवसर जुट्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।
कर्कट : अप्ठ्यारा परिस्थितिहरूसँग सम्झौता गर्नुपर्ला। प्रतिभाको उच्च मूल्यांकन हुनेछ। कानुनी मामलाहरूमा पक्ष कमजोर रहला। कृषि र पशुधनबाट लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ८ रहेको छ।
सिंह :कार्यक्षेत्रमा अनुभवको फाइदा मिल्नेछ। अरुको स्वार्थमा उपयोगी भइनेछ सजग रहनुहोला। कीर्तिमान कार्य गर्ने अवसर जुट्नेछ। माताको स्वास्थ्यमा ध्यान दिनुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।
कन्या : धैर्य र पराक्रममा वृद्धि हुनेछ। आँटेका कार्य सम्पादन हुनेछन्। पठनपाठनमा मन लाग्नेछ। नयाँ कार्यको थालनी हुनेछ। स्वास्थ्य अनुकूल रहनेछ। मेहनतले कार्यमा सफलता दिलाउनेछ। आजको शुभ रंग हरियो हे भने शुभ अंक ३ रहेको छ।
तुला : कार्यक्षेत्रमा आफन्तहरूको सहयोग मिल्नेछ। मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। कार्यक्षेत्रमा बोलिको प्रभावले आएका अवसरहरू गुम्लान् सावधान रहनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
वृश्चिक : व्यापार व्यवसायमा सन्तानको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा शिक्षकको सहयोग मिल्नेछ। भावनात्मक सम्बन्ध मजबुत हुनेछन्। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ५ रहेको छ।
धनु : वैदेशिक यात्रा सफल रहनेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। व्यापारमा लाग्नेहरूलाई विशेष फाइदा रहनेछ। फजुल खर्चबाट बच्नुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।
मकर : आफन्तसँगको सम्पर्कले मन आनन्दित रहनेछ। रचनात्मक कार्यले पुराना पद्धतिमा सुधार ल्याउन सक्नुहुनेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।
कुम्भ :ब्यापारमा मनग्य लाभ आर्जन गर्न सकिनेछ। घर परिवारमा आफूभन्दा ठूलाको सहयोग मिल्नेछ। व्यापार व्यवसायमा जीवनसाथीबाट सहयोग मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
मीन :नोकरी वा पेशामा हाकिम वर्गहरु तपाइकाे कार्यबाट प्रसन्न हुनेछन्। सहयोगी वर्गको साथ मिल्नेछ। लगनशीलताले अप्ठ्यारा परिस्थितिहरूलाई पनि सजिलै सम्पादन गर्न सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।















भाषा आयोगका सदस्य सुरेश मानन्धरको निधन
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस
समानुपातिक प्रणालीतर्फको मतगणनाकाे काम आज सकिदै
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
प्रतिक्रिया