ब्रिटिस काउन्सिलद्वारा तीन दिने निःशुल्क अनलाइन कन्फ्रेन्स आयोजना

काठमाडौं। ब्रिटिस काउन्सिलले दक्षिण एसियाका अंग्रेजी शिक्षकका लागि तीन दिनको निःशुुल्क अनलाइन कन्फ्रेन्स आयोजना गरेको छ । यही जुलाई १७ देखि १९ तारिख सम्म हुन लागेको साउथ एसिया टिचिङ इङलिस अनलाइन कन्फ्रेन्स २०२५ मा सहभागी भई व्यवसायिक विकासको अनुभव हासिल गर्न नेपालभरका शिक्षकहरुलाई आमन्त्रण गरिएको हो । निःशुल्क सहभागी गराइने तीन दिनको यो विशेष अनलाइन इभेन्ट प्राथमिक र माध्यमिक तहमा अंग्रेजी बिषय अध्यापन गराउने शिक्षक र शिक्षा क्षेत्रका व्यवसायिक व्यक्तिका लागि तयार पारिएको हो ।
अनलाइन कार्यक्रममा अंग्रेजी भाषा शिक्षणसँग सम्वन्धित केही महत्वपूर्ण सवाललाई सम्बोधन गर्ने सत्रहरु (सेसन) समावेश गरिएका छन् । सम्मेलनमा बंगलादेश, भारत, नेपाल, पाकिस्तान, श्रीलंका, बेलायत र ग्रीसका प्रतिष्ठित वक्ता तथा अभ्यासकर्ताहरुले कक्षाकोठाभित्र प्राप्त हासिल गरेको दशकौंको अनुभव, प्राज्ञिक अनुुसन्धान र नवीनतम बिषयलाई प्रस्तुत गर्नेछन् ।
दक्षिण एसिया र त्यसभन्दा बाहिरबाट समेत प्रतिनिधि सहभागी हुने विविधतायुुक्त प्यानलले सहभागीहरुलाई समावेशी शिक्षा, २१ औं शताव्दीको सीप र डिजिटल प्रयोगको अंग्रपंक्तिमा रहेर काम गर्दै अंग्रेजी भाषाको शिक्षणलाई नयाँ ढंगले परिभाषित गर्दै आएका अगुवाबाट सिक्ने मौका प्रदान गर्नेछ । क्षेत्रीय स्तरमा विद्यमान शिक्षण विधि र कक्षाकोठाको व्यवहारिक अनुुभवमा आधारित भई विज्ञहरुले सहभागीका लागि निकै उपयोगी तथा नवीनतम दृष्टिकोण, प्रयोगात्मक रणनीति र विश्वस्तरिय अवधारणासहित सान्र्दभिक व्यवसायिक सिकाइ प्रदान गर्नेछन्, जसले दक्षिण एसियाको सन्दर्भलाई सवल बनाउन मद्धत गर्नेछ ।

















सुर्खेत–१ मा कांग्रेसका खड्काको अग्रता कायमै
कैलालीका २ क्षेत्रमा नेकपा, एक/एक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता
हिमाली क्षेत्रका तीन जिल्लाको मतपत्र ढुवानी हुन बाँकी
उदयपुर–२ मा श्रम संस्कृति पार्टीको अग्रता
रसुवामा कांग्रेसको अग्रता कायमै
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
नेप्से ३८ अंकले बढ्दा कारोबार रकम ६ अर्बमाथि
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
सीमामा पाँचौँ दिनको युद्ध, ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी
प्रतिक्रिया