एआई प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौँ।राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) र काठमाडौँ विश्वविद्यालयको संयुक्त आयोजनामा आज शुक्रबार कक्षा ५ देखि १० सम्मका शिक्षकरशिक्षिकाहरूका लागि कृत्रिम बुद्धिमत्ता (एआई) विषयमा आधारित एक दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता राष्ट्रिय प्याब्सनकी अध्यक्ष गीता क्षेत्री राणाले गरेकी थिइन् ।
उनले २१औँ शताब्दीको शिक्षालाई प्रविधि मैत्री बनाउनुपर्ने आवश्यकता रहेको बताउँदै यसका लागि एआई जस्तो विषयमा शिक्षकहरूलाई दक्ष बनाउन यस्ता तालिमहरू महत्त्वपूर्ण रहेको बताइन् ।
कार्यक्रममा शिक्षा नीति तथा प्रशिक्षण आयोगका प्रमुख कर्ण बहादुर शाहीले शिक्षाको गुणस्तर अभिवृद्धिमा नीतिगत रूपमा प्रष्ट मार्गचित्र बनाउनुपर्ने आवश्यकता रहेको बताउँदै एआई पाठ्यक्रम त्यसैको एउटा सशक्त आधार रहेको बताए ।
प्रमुख वक्ता तथा प्रशिक्षक प्रा.डा. सुदन झाले पाठ्यक्रम विकासको पृष्ठभूमि र संरचना प्रस्तुत गर्दै शिक्षकहरूले एआईलाई डराउने विषय नभई सहायक औजारको रूपमा बुझ्नुपर्ने धारणा राखे। उनले भने,“सन्तुलित रूपले यसको प्रयोग गर्न सके शिक्षामा नयाँ क्रान्ति सम्भव छ।”
कार्यक्रममा आईएनजी ग्रुपका सीईओ सुलभ बुढाथोकीले शिक्षा क्षेत्रमा एआईको प्रयोग र सम्भावनामाथि विशेष मन्तव्य राख्दै शिक्षकहरू एआई प्रयोगमा सशक्त भए मात्र हामीले भविष्यका लागि तयार विद्यार्थी उत्पादन गर्न सक्ने बताए ।
तालिममा सहभागी शिक्षकहरूका तर्फबाट द एक्सेलसियर स्कुल, काठमाडौँका शिक्षक प्रतीक सुवेदीले एआई जस्तो जटिल विषयलाई सरल र व्यवहारिक तरिकाले सिकाइको माध्यम बनाइदिएकोमा आयोजकलाई धन्यवाद व्यक्त गरे ।कार्यक्रमको सञ्चालन महासचिव प्रताप बहादुर थापाले गरेका थिए ।

















कांग्रेस नेता पूर्णबहादुर खड्का भाइ विष्णु सुर्खेत-१ मा विजयी
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
इरानकाे आक्रमणमा ज्यान गुमाएका श्रेष्ठको शव नेपाल ल्याइयो
रुपन्देही–५ मा रास्वपाका खान विजयी
दैलेख–२ मा एमालेका पोखरेल विजयी
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया