सशस्त्र प्रहरीद्वारा नौ लाख ४७ हजार मूल्य पर्ने कपडा बरामद

पर्सा । सशस्त्र प्रहरी बल पर्साले आज भन्सार छली गरेर ल्याएको नौ लाख ४७ हजार छ सय २५ मूल्य पर्ने लत्ताकपडा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले वीरगञ्ज महानगर–१० स्थित टाउनहलबाट बिकेएस इम्पेक्समा भारतबाट अवैध रूपमा ल्याएर भण्डारण गरेको कपडा बरामद गरेको हो ।
सशस्त्र प्रहरीबल पर्साका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहले टाउनहलस्थित विकेस इम्पेक्सको गोदामबाट भन्सार छली गरेर ल्याएको रु छ लाख ५९ हजार ७०० मूल्यका कपडा बरामद गरेर भन्सार कार्यालयमा बुझाएको जानकारी दिए ।
त्यसैगरी सशस्त्र प्रहरीले आजै आर्दशनगर र छप्कैयाबाट भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको रु दुई लाख ७९ हजार १०५ मूल्यका कपडा र किरानाका सामान बरामद गरेको भन्सार कार्यालयमा बुझाएको छ ।










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
प्रतिक्रिया