बिहीबार, वैशाख १७, २०८३

भुटानमाथि नेपालको जितप्रति प्रधानमन्त्री ओलीद्वारा खेलाडीलाई बधाई

मेरोन्यूज २०८२ असार २८ गते ९:५४

काठमाडौँ। प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले निकालेको जितप्रति खेलाडीहरूलाई बधाई दिएका छन्।

Advertisement
NiccNicc

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले भुटानलाई ६–१ को फराकिलो गोलअन्तरले जितेकोमा नेपाली खेलाडीलाई बधाई दिएका छन्।

“साफ यु–२० उमन्स कपमा आज नेपालले भुटानलाई ६–१ को फराकिलो अन्तरले जितेकोमा हार्दिक बधाई !” प्रधानमन्त्री ओलीले लेखेका हुन्। शुक्रबारदेखि बङ्गलादेशमा साफ यु–२० महिला कप प्रतियोगिता सुरू भएको छ ।

प्रतिक्रिया