स्पेनमा मान्छे छाडेर आयो भन्दै अराजक तत्त्वले घटिया प्रचार गरे : प्रधानमन्त्री

झापा। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमण सफल भएको पक्षलाई ओझेल पार्ने गरी केही विरोधी र अराजक तत्त्वले अनावश्यक हल्ला चलाएको बताएका छन् ।
आइतबार झापाको दमक नगरपालिकास्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
विरोधी र अराजक तत्त्वले अरू कुरा नपाएर स्पेनमा मान्छे छाडेर आयो भनेर झुट र घटिया प्रचार गरेको भन्दै उनले यस्ता कुराहरूको जवाफ दिन आवश्यक नभएको टिप्पणी गरे ।
उनले भने, ‘म स्पेन गएको थिएँ । त्यहाँ हाम्रो भूमिका असाध्यै राम्रो भयो त्यो भूमिका सहन नसकेर अपोजिसन पार्टी र केही अराजकतावादी पार्टीहरूले मान्छे छाडेर आयो भन्ने जस्ता वाहियात कुरा गरे ।’
योजनाबद्ध ढंगले घटिया प्रचार गरेकव भन्दै ओलीले भने, ‘त्यो हुन सक्ने कुरा हो ? प्रमाणित गर्न सकिने कुरा हो ? प्रमाण भनेर कराएका छन् । जहिले पनि झूट बोलेको छ, झुट बालेको छ । यस्ता कुरा कति दिन टिक्छ ? यस्तो राजनीति नगर्न म सबैलाई सुझाव दिन चाहन्छु ।’
प्रधानमन्त्री ओलीले देशभर विकास निर्माणका लहर ल्याउने क्रममा यो सडक पनि रहेको जनाउँदै मेची महाकालीसम्म थालेका काम सक्ने अभियानमा सरकार रहेको बताए । उनले दमकको बेलडाँगीमा विशाल रङ्गशाला निर्माण हुने घोषणा पनि गरे ।
उनले हरेक क्षेत्रमा सुधार ल्याउने योजना बमोजिम स्वयंसेवी भावनाका साथ महत्त्वपूर्ण विषयमा निःशुल्क अनलाइन कक्षा सञ्चालन गरेपछि यस वर्ष एसईईमा नतिजा १३ प्रतिशतले सुधार आएको बताए ।
















प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
आज माघ १२ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल राशिफल ?
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया