मन्त्रीले घुस मागेको अडियोबारे माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
मेरोन्यूज
२०८२ असार २९ गते १५:०३

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कर्मचारी सरुवा र नियुक्तिमा ‘घुस डिल’ गरेको आरोप लगाउँदै तत्काल छानबिनको माग गरेको छ ।
आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा माओवादी केन्द्रकी सांसद रेखा शर्माले मन्त्री गुप्ताको घुस डिल प्रकरणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा जवाफ दिनुपर्ने माग गरेकी हुन् ।
उनले भनिन् ‘कर्मचारी सरुवामा मन्त्रीहरूले ७८ लाख रुपैयाँ घुस डिल गरेको विवरण आएको छ । भएको के हो सम्माननीय प्रधानमन्त्रीमार्फत संसदलाई जनाकारी गराउन र दोषी जो होस् कानुन अनुसार कडा कारबाही होस् । अन्यथा सरकारको एक वर्षको उपलब्धि यही हुनेछ,’।
सम्बन्धित















कलाकार बलेलाई ५ दिन हिरासतमा राख्न अनुमति
सभामुख अर्यालबाट संसदीय अभ्यासलाई थप सुदृढ बनाउन भूमिका हुने रास्वपा सभापति लामिछानेको विश्वास
शंकर अग्रवाल रिहा
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
प्रतिक्रिया