अभिनेता हमालले उद्घाटन गरे नक्सालमा ‘सि–कार, एकै स्थानमा सवारीसम्बन्धी सम्पूर्ण सेवा

काठमाडौँ । नेपालकै प्रमुख अटो हब मानिने नक्सालमा सवारीसाधनसम्बन्धी विभिन्न सेवा एकै थलोमा उपलब्ध गराउने लक्ष्यसहित ‘सि-कार’ सञ्चालनमा आएको छ। एक भव्य कार्यक्रमबीच महानायक राजेश हमालले यसको औपचारिक उद्घाटन गरेका हुन्।
सि-कारले नयाँ र पुराना (सेकेन्ड ह्यान्ड) सवारी साधनको शोरुम, सवारी पार्ट्स तथा एस्सेसरिज पसल, द्रुत गतिका चार्जिङ स्टेशन, क्याफे तथा रेस्टुरेन्ट लगायतका सुविधा एउटै परिसरभित्र प्रदान गरेको छ।
संस्थापक रोशन घिमिरेका अनुसार सि-कारले सवारी क्षेत्रका अधिकांश आवश्यकता पूरा गर्ने उद्देश्य बोकेको छ।
शुभारम्भ अवसरमा हमालले एउटै स्थानमा यति धेरै सेवा उपलब्ध हुनु उपभोक्ताका लागि समय र खर्च दुवैको बचत हुने उल्लेख गर्दै सि-कार जस्तो मोडलले अटो क्षेत्रमै नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे।
कम्पनीका अनुसार पछिल्लो समय लोकप्रियता कमाउँदै गएको विद्युतीय सवारीको क्षेत्रमा समेत सि-कारले विशेष ध्यान दिएको छ। विशेष गरी BYD ब्रान्डको नयाँ शोरुमले ग्राहकलाई थप सहज बनाउने विश्वास गरिएको छ। साथै, विभिन्न ब्रान्डका सेकेन्ड ह्यान्ड गाडीहरूको खरिद-बिक्री, सवारी एक्सचेञ्ज तथा वारेन्टी सेवाहरू पनि उपलब्ध छन्।
चार्जिङ सुविधाको सन्दर्भमा सि-कारले एकैपटक आधा दर्जनभन्दा बढी विद्युतीय सवारी चार्ज गर्न सकिने द्रुत चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ। यसका अतिरिक्त परिसरभित्रको इटालियन रेस्टुरेन्टबाट ग्राहकले खानपानको सुविधा समेत लिन सक्नेछन्।
सि-कारमा सवारी स्पेयर पार्ट्ससमेत सहज र सुलभ मूल्यमा पाइने व्यवस्था गरिएको छ। साथै, सेकेन्ड ह्यान्ड गाडी खरिद गर्ने ग्राहकलाई तीन महिनासम्म कुनै प्राविधिक समस्या आएमा कम्पनी स्वयं जिम्मेवार हुने गरी वारेन्टी सुविधा उपलब्ध गराइएको छ।
ग्राहकको थप सुविधाका लागि कम्पनीले सवारी बीमा गराउनेहरूलाई बिलबुक नवीकरण निःशुल्क गरिदिने व्यवस्था गरेको छ। यसका लागि कुनै अतिरिक्त शुल्क तिर्नुपर्ने छैन।
साथै, कम्पनीले विभिन्न वर्गीकरणमा सदस्यता योजना ल्याएको छ, जसअनुसार सि-कारका सेवाहरू प्रयोग गर्दा प्वाइन्ट संकलन गर्न सकिनेछ र विभिन्न सेवामा छुट प्राप्त हुनेछ।
चार रोपनी क्षेत्रफलमा फैलिएको सि-कारले हाल करिब ५० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको छ। कम्पनीले भविष्यमा सेवा विस्तार गर्दै जाने लक्ष्य राखेको छ।
















सरकारले गुणस्तरीय शिक्षामा जोड दिइरहेको छ: मुख्यमन्त्री शाह
रुकुम पश्चिमको जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका ६ जनाको सामूहिक दाहसंस्कार
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
होर्मुज जलडमरूमध्यमा अवरोधबीच ‘ओपेक प्लस’ देशहरूले उत्पादन बढाउने निर्णय
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
प्रतिक्रिया