घुस बार्गेनिङ गर्ने मन्त्रीलाई तत्काल पक्राउ गरियोस् : ज्ञानेन्द्र शाही (भिडियाे)

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले आजमात्रै पदबाट राजीनामा दिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पक्राउ गर्न माग गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै गुप्ताले मन्त्री पदबाट राजीनामा दिएर मात्रै नपुग्ने भन्दै पक्राउ गरेर छानबिन गर्न उनले माग गरे । ‘राजीनामा दिँदैमा समाधान हुँदैन । तत्काल पक्राउ गरेर छानबिन गरियोस् । उनीहरूमाथि छानबिन गरियोस् । गिनिज बुकमा नाम लेखाउनुस् । अहिलेको सरकारले भ्रष्टाचारीको पनि देश हो भनेर नाम लेखाओस्,’ उनले भने ।
सचेतक शाहीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् भ्रष्टाचार गर्ने ठाउँ भएको टिप्पणी गरे । ‘पहिला-पहिला एउटा चलन थियो अहिले पनि छ । ज्ञान नपाए काशी जानु, न्याय नपाए गोरखा जानु, भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा जानु । खुलमखुला मन्त्री क्वार्टरमा गएर पैसा दिइएको छ । मन्त्रीले राजीनामा दिएर स्वीकृत हुन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बनाएका छौँ, यो देशमा । अख्तियारले के गरेर बसेको छ ?,’ उनले भने ।
भिडियाे :

















खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
तेल बजार स्थिर बनाउन अन्तर्राष्ट्रिय पहल सुरु
आज राति १२ः०० बजेदेखि निर्वाचन आचारसंहिता निष्क्रिय हुने
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
कतारी नौसेना बहराइनमा सुरक्षित
६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
प्रतिक्रिया