२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य

कञ्चनपुर, २५ फागुनः शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित परिवारले पुनःस्थापनाको माग राख्दै २१० दिनअघि सुरु गरेको अनशन आज अन्त्य गरेका छन् ।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्य दीपकराज बोहराको उपस्थितिमा विस्थापित परिवारले अनशन तोडेका हुन् । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचित बोहराले विस्थापित परिवारको स्थायी बसोबासको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएपछि विस्थापित परिवारले अनशन अन्त्य गरेका हुन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज (तत्कालीन शुक्लाफाँटा आरक्ष) विस्तारका क्रममा विस्थापित भएका परिवारले विगत लामो समयदेखि पुनःस्थापनाको माग गर्दै आन्दोलन गर्दै आएका थिए । पछिल्लो समय विस्थापित परिवार कृष्णपुर नगरपालिका–२ वनहरा नजिक सडक छेउमा पाल टाँगेर निरन्तर अनशनमा थिए ।
अनशन तोड्ने क्रममा आरक्ष विस्थापित सङ्घर्ष समितिका अध्यक्ष प्रेमदत्त भट्टले नवनिर्वाचित सांसद बोहरामाथि विश्वास गरेर आफूहरूले अनशन अन्त्य गरेको बताए । “हामीले तपाईँलाई भरोसा गरेर संसद्मा पठाएका छौँ”, उनले भने, “विगतका सांसद र सरकारहरूले देखाएकोजस्तो व्यवहार दोहोरिनुहुँदैन भन्ने हाम्रो अपेक्षा छ ।”
भट्टका अनुसार आरक्ष विस्थापितको समस्या समाधान गर्न हालसम्म ३४ वटा आयोग गठन भए पनि ठोस उपलब्धि हासिल हुन सकेको छैन ।उनले आफूहरू विस्थापित हुनुअघि पाँच बिघा जमिनका मालिक रहेको स्मरण गर्दै अहिले घरवारविहीन अवस्थासम्म आइपुगेको दुःखेसो व्यक्त गरे ।
विस्थापित परिवारका अनुसार हालसम्म दुई हजार ४७३ परिवार विभिन्न शिविरमा बस्दै आएका छन् । उनीहरु स्थायी पुनःस्थापनाको प्रतीक्षामा वर्षौंदेखि कठिन जीवन बिताउन बाध्य छन् ।
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सुनचाँदीको मूल्यमा केही गिरावट
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
हर्क साम्पाङले मागे बालेनको राजिनामा
प्रतिक्रिया