भारतको राजधानीमा एक साता लकडाउन थप
मेरोन्यूज
२०७८ वैशाख २६ गते १४:१६
काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीमा थप एक साता लकडाउन हुने भएको छ । मुख्यमन्त्री अरविन्द केजरिवालले दिल्लीमा थप एक साता लकडाउन बढाउने निर्णय गरेको हो ।
मुख्यमन्त्री केजरिवालले यसपटकको लकडाउन थप कडा हुने बताएका छन् । लकडाउनभन्दा पहिला कोरोना भाइरस (कोभिड–१९)को संक्रमण दर ३५ प्रतिशत रहेकोमा यसपटक घटेर २३ प्रतिशतमा आएको उनले बताए ।
उनले लकडाउन लम्ब्याउनु आफ्नो रहर नभई बाध्यता भएको उल्लेख गरेका छन् । सोमबारदेखि दिल्लीमा मेट्रो रेल पनि चल्ने छैन । यो लकडाउन १७ मेसम्म जारी रहने छ । गत अप्रिल १९ मा दिल्लीमा पहिलोपटक लकडाउनको घोषणा भएको थियो ।
सम्बन्धित
















लागुऔषधसहित विभिन्न स्थानबाट एकचालिस जना पक्राउ
अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम
दुई हजार चार सय बयानब्बे जना ट्राफिक कारबाहीमा
मनोहराको सुकुमवासी बस्ती भत्काइँदै
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया