गाजा वार्ता अवरुद्ध, इजरायली सैनिक फिर्ता अझै अनिश्चित

हमासले इजरायलमाथि गाजा पट्टीमा आफ्नो सैनिक उपस्थितिलाई दीर्घकालीन रूपमा कायम राख्न खोजेको आरोप लगाएको छ । साथै, उसले दोहामा भइरहेको अप्रत्यक्ष वार्तामा कुनै ठोस प्रगति नभएको दाबी गरेको छ ।कतारको राजधानी दोहामा हाल जारी अप्रत्यक्ष वार्ताको दोस्रो हप्ता चलिरहेको छ । वार्ताको मुख्य विषय भनेको गाजाबाट इजरायली सेनाको फौज फिर्ता हो ।
हमासले गाजाबाट पूर्ण सैनिक फिर्ताको माग गरिरहेको छ । उसले इजरायलको त्यो प्रस्ताव अस्वीकार गरिसकेको छ जसअनुसार गाजाको ४० प्रतिशतभन्दा बढी भूभागमा इजरायली सेना रहने व्यवस्था गरिएको थियो ।
इजरायली सञ्चारमाध्यम ‘कान’ ले बुधबार एक अज्ञात विदेशी स्रोतलाई उद्धृत गर्दै इजरायल फौज फिर्तासम्बन्धी नक्साहरू परिमार्जन गरिरहेको दाबी गरेको थियो ।
तर हमासको राजनीतिक ब्यूरोका सदस्य बासेम नाइमले भने, “इजरायलले हालसम्म गाजाबाट फौज फिर्ता गर्ने कुनै नयाँ वा संशोधित नक्सा प्रस्तुत गरेको छैन ।”
उनका अनुसार,“हाल गाजाको सम्पूर्ण क्षेत्र इजरायली सैनिक नियन्त्रणमा छ । स्थलस्थित परिस्थितिहरूले इजरायलको दीर्घकालीन नियन्त्रण कायम राख्ने उद्देश्य स्पष्ट पार्छ ।”
“इजरायलले गाजाबाट फौज हटाउने वा युद्ध अन्त्य गर्ने कुनै इच्छाशक्ति देखाएको छैन, जुन कुरा उसले वार्तामा र मध्यस्थकर्ताहरूसामु दाबी गरिरहेको दाबीको विपरीत हो,” उनले थपे ।
इजरायलले हमासमाथि वार्तामा लचिलोपन नदेखाएको आरोप लगाउँदै आएको छ । यद्यपि, मध्यस्थकर्ताको भूमिकामा रहेको कतारले मंगलबार भनेको छ कि वार्ता ‘गतिरोधमा छैन’ र वार्ताको लागि कुनै निश्चित समयसीमा तय गरिएको छैन ।
















कोहलपुरमा अतिक्रमित जग्गा खाली गर्न सुरु
कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा
पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल
विधिद्वारा स्थापित पद्धति र परम्परा पालनामा हुनुपर्छ: राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया