साइबर अपराध मुद्दामा दुर्गा प्रसाईंलाई सफाइ

काठमाडौं। दुर्गा प्रसाईंले साइबर अपराधको मुद्दामा सफाइ पाएका छन् । गत चैत १५ गते राजावादी आन्दोलनका क्रममा दुईजनाको ज्यान जाने गरि भएको घटनामा उनले जेल जीवन बिताइरहेका थिए ।
काठमाडौं जिल्ला अदालत मा दायर भएको उक्त मुद्दामा दाबी नपुग्ने भन्दै न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजलासले रिट नै खारेज गरिदिएको हो। एउटा युट्यूब च्यानललाई अन्तर्वार्ता दिने क्रममा प्रसाईंले आफूमाथि चारित्रिक लाञ्छना लगाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ ज्वाला संग्रौलाले साइबर अपराधमा मुद्दा दायर गरेकी थिइन्। असार ३२ गतेको उक्त फैसलाअनुसार प्रसाईंसँगै पत्रकारहरू प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेले पनि सफाइ पाएका छन्।
साइबर ब्यूरोमा परेको जाहेरीका आधारमा गत असोज ६ गते प्रसाईंलाई प्रहरीले पक्राउ गरेको थियो। असोज १५ गतेको थुनछेक बहसमा अदालतले प्रसाईंलाई धरौटीमा पठाएको थियो ।गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शन हिंसात्मक बनाउन मुख्य योजनाकारका भएको आरोपमा प्रसाईं अहिले जेल जीवन बिताइरहेका छन् ।







चिसोले पञ्चकुण्ड ताल जमेपछि …
ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा वर्षको पहिलो हिमपात
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया