झापामा एक वर्षमा एक हजार २९६ सवारी दुर्घटना : ९५ जनाको मृत्यु

झापा। झापामा आर्थिक वर्ष २०८१–८२ को एक वर्षमा एक हजार २९६ सवारी दुर्घटना हुँदा ९५ जनाको ज्यान गएको छ । दुर्घटनामा एक हजार ९३४ जना सामान्य घाइते हुँदा १३९ जना गम्भीर घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलका अनुसार एक वर्षको अवधिमा ५२ हजार ८७५ जना सवारी चालकलाई कारबाही गरिएको छ ।
उक्त कारबाहीबाट तीन करोड ९५ लाख ५५ हजार ५६० रुपयाँ राजस्व संकलन भएको छ । यस्तै, मादक पदार्थ सेवन (मापसे) अन्तर्गत तीन हजार १७४ जना कारवाहीमा परेका छन् । यसबाट १८ लाख रुपैयाँभन्दा बढी जरिवाना सङ्कलन भएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।
जिल्लाभर ट्राफिक सचेतनामूलक कार्यक्रम अन्तर्गत विद्यालय तहका आठ हजार ४६१ विद्यार्थीहरूलाई ट्राफिक नियमसम्बन्धी कक्षा दिइएको छ भने एक हजार २५० जनालाई मापसे सचेतना प्रशिक्षण प्रदान गरिएको पौडेलले बताए ।
यसैबीच, ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउँदै जिल्लामा ट्राफिक भ्वाइलेशन रिकार्ड प्रणाली (टिभिआरयस) र अनलाइन जरिवाना तिर्ने प्रणाली लागू गरिएको उनले जानकारी दिए ।
गत आर्थिक वर्ष २०८१–०८२ मा कार्यालयले सवारी नियमनका लागि ७० थान रिफ्लेक्टर बेल्ट, ३० ट्राफिक साइन बोर्ड, ४ म्याजिक लाइट, ३ ब्रीथालाइजर, ७ कम्प्युटर, १ गोप्रो क्यामेरा र १ ल्यापटप प्रयोगमा ल्याएको छ ।
ट्राफिक सुधार अभियानमा विभिन्न स्थानीय तह, विद्यालय, अस्पताल, सञ्चार संस्था र सामुदायिक केन्द्रसमेतको सहकार्य गरिएको पौडेलले बताए । कक्षा ६ देखि १० सम्मका विद्यार्थी, अटो/सिटी चालक, तथा समाजका अन्य पक्षलाई लक्षित गरी गरिएको कार्यक्रमले सडक सुरक्षामा साझा प्रयासको सन्देश दिएको उनको भनाइ छ ।

















‘मौन अवधि’ के हो ? उल्लंघन भए के कारबाही हुन्छ ?
यूएईमा सेक्युरिटी गार्डमा कार्यरत थिए इरानको आक्रमणबाट ज्यान गुमाएका श्रेष्ठ
आज राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध
अमेरिकामा स्थापना भयो ‘हामी नेपाली इन्टरनेशनल’
हुम्लामा हेलिकप्टरबाट कर्मचारी र निर्वाचन सामग्री ढुवानी
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
निर्वाचन अवधीमा मौसम प्रणालीमा समस्या छैन – मौसम विभाग
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
प्रतिक्रिया