कञ्चनपुर कारागारमा क्षमता भन्दा तेब्बर कैदीबन्दी

कञ्चनपुर। कञ्चनपुरको महेन्द्रनगरस्थित जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी राखिएको छ ।
जिल्ला कारागार कार्यालय कञ्चनपुरमा महिला र पुरुषका लागि १६० जना बन्दी राख्ने क्षमता भए पनि कारागारमा क्षमताभन्दा तेब्बर बढी ४५६ जना कैदीबन्दी राखिएको छ ।अहिले कारागारमा सबैभन्दा बढी लागूऔषधका १६७ जना कैदीबन्दी छन् । बाँकी विभिन्न कसूका रहेको कारागार कार्यालय कञ्चनपुरका निमित्त प्रमुख रामदत्त जोशीले जानकारी दिए ।
उनले क्षमताभन्दा बढी कैदीबन्दी हुँदा पालको व्यवस्था गरेर राखिएको बताए । कारागारमा अन्य जिल्लाबाट समेत कैदीबन्दी स्थानान्तरण भएका आउने गरेका छन् ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले लागूऔषधका सेवनका कारण अन्य अपराधिक गतिविधिमा पनि संलग्न हुनेभएकाले पछिल्लो समय आपराधिक कटना बढेको बताए ।
उनले लागूऔषधका कारण पनि अपराधिक घटना बढेकाले कारागारमा कैदीबन्दीको सङ्ख्या बढेको बताए ।
जिल्ला कारागार कञ्चनपुरमा हाल सबैभन्दा बढी लागूऔषधका बैन्दी छन् । त्यसैगरि महिला हिंसा, चोरी, ठगी, जबरर्जस्तीकरणी, ज्यान मार्ने उद्योगलगायत अन्य मुद्दाका कैदीलाई राखिएको छ ।









छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
निर्वाचनको विकल्प छैन : संयोजक दाहाल
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया