साफ यु–२० महिला फुटबल च्याम्पियनसिपः नेपालद्वारा भुटान पराजित

काठमाडौँ । बङ्गलादेशमा जारी दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० महिला च्याम्पियनसिपमा नेपालले भुटानलाई ८–० गोलअन्तरले पराजित गरेको छ । बङ्गलादेशको ढाकास्थित किङ्स एरेनामा भुटानविरुद्धको खेलमा नेपाली टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्यो । नेपालका लागि मिना देउवा र पूर्णिमा राईले ह्याट्रिक गोल गरेका थिए ।
यस्तै समिक्षा मगर र कुसुम खतिवडाले एक÷एक गोल गरे । यसअघि पहिलो खेलमा नेपालले भुटानलाई ६–१ गोलअन्तरले हराएको थियो । नेपालले खेल सुरु भएको ४४ सकेन्डमै पहिलो गोल गरेको थियो । उक्त गोल मिना देउवाले गरेकी थिइन् । यस्तै खेलको नवौँ मिनेटमा समिक्षा मगरले दोस्रो गोल गरिन् ।
खेलको १२औँ मिनेटमा नेपालकी सुक्रिया मियाले चौथो गोल, खेलको २३औँ मिनेटमा पूर्णिमा राईले नेपालका लागि पाँचौँ गोल तथा इन्जुरी समयमा पूर्णीमाले नै छैटौँ गोल गरिन् ।
यसैगरी खेलको दोस्रो हाफको ६३औँ मिनेटमा कुसुम खतिवडाले सातौँ गोल तथा खेलको ६४औँ मिनेटमा मिना देउवाले गोल गरिन् । प्रतियोगितमा नेपालसहित आयोजक बङ्गलादेश, भुटान र श्रीलङ्का सहभागी छन् । डलब राउन्ड रोबिनका आधारमा भइरहेको प्रतियोगितामा नेपालले फेरी सोमबार बङ्गलादेशसँग खेल्ने छ ।















वर्षाले काठमाडौँमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त
भोलि ईदकाे सार्वजनिक बिदा
वीरगञ्जबाट २० लाख हुण्डी रकमसहित एक जना पक्राउ
प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया