साफ यु–२० महिला फुटबल च्याम्पियनसिपः नेपालद्वारा भुटान पराजित

काठमाडौँ । बङ्गलादेशमा जारी दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० महिला च्याम्पियनसिपमा नेपालले भुटानलाई ८–० गोलअन्तरले पराजित गरेको छ । बङ्गलादेशको ढाकास्थित किङ्स एरेनामा भुटानविरुद्धको खेलमा नेपाली टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्यो । नेपालका लागि मिना देउवा र पूर्णिमा राईले ह्याट्रिक गोल गरेका थिए ।
यस्तै समिक्षा मगर र कुसुम खतिवडाले एक÷एक गोल गरे । यसअघि पहिलो खेलमा नेपालले भुटानलाई ६–१ गोलअन्तरले हराएको थियो । नेपालले खेल सुरु भएको ४४ सकेन्डमै पहिलो गोल गरेको थियो । उक्त गोल मिना देउवाले गरेकी थिइन् । यस्तै खेलको नवौँ मिनेटमा समिक्षा मगरले दोस्रो गोल गरिन् ।
खेलको १२औँ मिनेटमा नेपालकी सुक्रिया मियाले चौथो गोल, खेलको २३औँ मिनेटमा पूर्णिमा राईले नेपालका लागि पाँचौँ गोल तथा इन्जुरी समयमा पूर्णीमाले नै छैटौँ गोल गरिन् ।
यसैगरी खेलको दोस्रो हाफको ६३औँ मिनेटमा कुसुम खतिवडाले सातौँ गोल तथा खेलको ६४औँ मिनेटमा मिना देउवाले गोल गरिन् । प्रतियोगितमा नेपालसहित आयोजक बङ्गलादेश, भुटान र श्रीलङ्का सहभागी छन् । डलब राउन्ड रोबिनका आधारमा भइरहेको प्रतियोगितामा नेपालले फेरी सोमबार बङ्गलादेशसँग खेल्ने छ ।








एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
आज मंसिर १० गते बुधबार, कस्ताे रहला तपाइकाे राशिफल ?
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
प्रतिक्रिया