नबिल बैंक उत्कृष्ट वित्तीय प्रतिवेदनको गोल्ड अवार्डबाट सम्मानित

काठमाडौं। नबिलबैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)बाट वार्षिक रुपमाप्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड, २०२४ (National Best Presented Annual Report Award -NBPA – 2024)द्वारा सम्मानितभएको छ ।
आइक्यानले आर्थिक वर्ष २०२३/२४ मा प्रकाशितवार्षिक प्रतिवेदनकाआधारमा संस्थाको वित्तीयपारदर्शिता, जवाफदेहिता र सुशासनकालागि बैंकिङ क्षेत्रमाअब्बल ठहर गर्दै उक्त अवार्ड प्रदान गरेको हो ।
आर्थिक वर्ष २०२२/२३ मा पनिनबिल बैंकले गोल्ड अवार्ड हातपारेका थिए । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममामाननीयमहालेखापरिक्षक तोयम रायले नबिल बैंककावित्तप्रमुख सन्दिपबाबु पौडेललाई अवार्ड हस्तान्तरण गरेका थिए ।
बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदन नेपालको तर्फबाट दक्षिण एसिया फेडेरेसन अफ एकाउन्टेन्टस् (साफा) ले दक्षिण एसियाली स्तरमा आयोजना गर्ने साफाबिपिए अवार्डका लागि समेत मनोनित हुनेछ ।
नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२१ एटिएममार्फत सेवाप्रदानगर्दै आएको छ ।
नबिलबैंकले नेपाली बैंकिङ क्षेत्रमानवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाका रूपमाकामगर्दै आएको छ ।
















भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया