शनिबार, मंसिर ६, २०८२

ओलीसँगको भेटपछि विद्याले भनिन्– मेरो पार्टी सदस्यता नवीकरण भइसक्यो

मेरोन्यूज २०८२ साउन ४ गते १८:१६

काठमाडौं । एमाले मुख्यालय च्यासलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्या भण्डारीबीचको भेटवार्ता सकिएको छ ।

भेटवार्ता सकेर अध्यक्ष ओली कुनै प्रतिक्रिया नदिइ फर्किएका छन् । विद्याले भने मिडियासाग संक्षिप्त कुराकानी गरेकी छन् । सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले आफ्नो पार्टी सदस्यता नवीकरण भइसकेको बताइन् ।

उनलाई पत्रकारहरूले एमालेको सदस्यता नवीकरणको विषय सोधेका थिए। जबाफमा उनले ‘सदस्यताको विषय पुरानै हो, नवीकरण भइसक्यो’ भनेकी छन्।

आइतबारकाे भेटमा ओलीसँग राष्ट्रिय राजनीतिबारे छलफल भएको उनले बताएकी छन् । उनले भनिन्,”राष्ट्रिय राजनीतिका विषयमा मात्रै कुराकानी भयो । अरू विषय आधिकारिक च्यानलबाट जानकारी आउँछ ।”

प्रतिक्रिया