ओलीसँगको भेटपछि विद्याले भनिन्– मेरो पार्टी सदस्यता नवीकरण भइसक्यो
मेरोन्यूज
२०८२ साउन ४ गते १८:१६

काठमाडौं । एमाले मुख्यालय च्यासलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्या भण्डारीबीचको भेटवार्ता सकिएको छ ।
भेटवार्ता सकेर अध्यक्ष ओली कुनै प्रतिक्रिया नदिइ फर्किएका छन् । विद्याले भने मिडियासाग संक्षिप्त कुराकानी गरेकी छन् । सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले आफ्नो पार्टी सदस्यता नवीकरण भइसकेको बताइन् ।
उनलाई पत्रकारहरूले एमालेको सदस्यता नवीकरणको विषय सोधेका थिए। जबाफमा उनले ‘सदस्यताको विषय पुरानै हो, नवीकरण भइसक्यो’ भनेकी छन्।
आइतबारकाे भेटमा ओलीसँग राष्ट्रिय राजनीतिबारे छलफल भएको उनले बताएकी छन् । उनले भनिन्,”राष्ट्रिय राजनीतिका विषयमा मात्रै कुराकानी भयो । अरू विषय आधिकारिक च्यानलबाट जानकारी आउँछ ।”
सम्बन्धित
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया