घुससहित वरिष्ठ वन अधिकृत रंगेहात पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीस्थित डिभिजन वन कार्यालय, धनगढीका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादवलाई सात लाख रुपैयाँभन्दा बढी घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेको छ ।
आयोगका अनुसार यादवले कैलाली जिल्लाको चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वनबाट घाटगड्डी गरिएको काठसम्बन्धी बिमर्का (बिवरणपत्र) र छोडपूर्जी दिने प्रक्रियामा सेवाग्राहीसँग घुस माग गरेका थिए । त्यसै उजुरीका आधारमा अख्तियारको कञ्चनपुरस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई ७ लाख ३१ हजार घुससहित नियन्त्रणमा लिएको हो ।
सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको छ, आयोगका सहसचिव एवम् प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । उनका अनुसार यादवलाई अख्तियारको टोलीले सोमबार डिभिजन वन कार्यालय धनगढीबाट नियन्त्रणमा लिएको हो ।
घटनासँग जोडिएका थप व्यक्तिहरूको संलग्नताबारे अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ।
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया