नागरिक उड्डयन प्राधिकरणले ल्यायो ३१ अर्बभन्दा बढी बजेट

काठमाडौँ ।नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले चालु आर्थिक वर्ष २०८२/८३ का लागि रु ३१ अर्ब ४० करोड ४७ लाख बजेट विनियोजन गरेको छ । क्यानले आज पत्रकार सम्मेलनमार्फत स्वीकृत बजेट तथा कार्यक्रमबारे संक्षिप्त जानकारी दिएको हो ।
अघिल्लो वर्ष रु ३४ अर्ब १२ करोड १६ लाख विनियोजन गरेको क्यानले चालु आर्थिक वर्षका लागि रु दुई अर्ब ७१ करोड ६९ लाख बजेट घटाएको छ । क्यानले पुँजीगततर्फको बजेट भने बढाएर रु १२ अर्ब ३९ करोड ७० लाख पु¥याएको छ । गत वर्ष रु एघार अर्ब ५२ करोड २५ लाख विनियोजन गरिएको थियो ।
यस्तै कार्य सञ्चालनतर्फ रु ६ अर्ब १५ करोड ६७ लाख विनियोजन गरिएको छ । अघिल्लो आर्थिक वर्ष रु ६ अर्ब ५२ करोड ७१ लाख विनियोजन भएको थियो । वित्तीय व्यवस्थापनका लागि रु १२ अर्ब ८५ करोड १० लाख बजेट विनियोजन गरिएको क्यानले उल्लेख गरेको छ । पत्रकार सम्मेलनमा क्यानका महानिर्देशक प्रदीप अधिकारीले पुँजीगत खर्च बढाउने र सञ्चालन खर्च घटाउनेतर्फ क्यान केन्द्रित रहेको बताए ।
उनले प्राधिकरणको आम्दानी बढाउन विमानस्थल शुल्क, यात्रुसेवा आदि विषयमा पुनरावलोकन हुन जरूरी भएको बताए । महानिर्देशक अधिकारीले क्यानको स्रोत खुम्चिएको र हरेक वर्ष बजेट घटिरहेको भन्दै स्रोत व्यवस्थापनमा ध्यान दिने विश्वास व्यक्त गरे । उनले भैरहवा र पोखरा अन्तररष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालका लागि पहल भइरहेको जानकारी दिए ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
प्रतिक्रिया