सामसुङको ग्यालेक्सी एम३६ फाइभजी अब नेपाली बजारमा, मूल्य कति पर्छ ?

काठमाडौं । सामसङले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन ‘ग्यालेक्सी एम३६ फाइभजी’ सार्वजनिक गरेको छ । एआईमा आधारित फिचर, ५० मेगापिक्सेलको क्यामेरा र शक्तिशाली ब्याट्रीसहित उपलब्ध फोनको सुरुवाती मूल्य ३६ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
यो फोन दुई भेरियन्टमा उपलब्ध छ । ८ जीबी र्याम र १२८ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य ३६ हजार ९९९ रुपैयाँ र ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य ४१ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ । यो फोन ‘भेल्भेट ब्ल्याक’ र ‘सेरिन ग्रीन’ रङमा देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध हुनेछ ।
फोनमा ‘सर्कल टु सर्च’ जस्ता एआईमा आधारित सुविधा समावेश छन् । यसमा ६.७ इन्चको फुल एचडी प्लस सुपर एमोलेड डिस्प्ले रहेको छ, जसमा १२० हर्जको रिफ्रेस रेट र ‘भिजन बुस्टर’ प्रविधि छ । फोनको डिस्प्लेलाई कोर्निङ गोरिल्ला ग्लास भिक्टस प्लसले सुरक्षा दिने कम्पनीले जनाएको छ ।
फोटोग्राफीका लागि फोनमा अप्टिकल इमेज स्टेबलाइजेसन (ओआईएस) सहितको ५० मेगापिक्सेलको मुख्य क्यामेरासहित ट्रिपल क्यामेरा सेटअप छ । यसले कम प्रकाशमा पनि स्थिर भिडिओ र स्पष्ट तस्बिर खिच्न सक्ने सामसङको दाबी छ । फोनको अगाडि र पछाडि दुवै क्यामेराबाट फोरके (फोरके) भिडिओ रेकर्डिङ गर्न सकिन्छ ।
पर्फमेन्सका लागि यसमा ५ नानोमिटरमा निर्मित एक्सिनस १३८० प्रोसेसर प्रयोग गरिएको छ । फोन तात्ने समस्या कम गर्न ‘भेपर कुलिङ चेम्बर’ पनि छ । यसमा ५००० एमएएच क्षमताको ब्याट्री र २५ वाटको फास्ट चार्जिङ सपोर्ट रहेको छ ।
‘ग्यालेक्सी एम३६ फाइभजी’ मा ६ वर्षसम्म सेक्युरिटी अपडेट र ६ पुस्तासम्मको एन्ड्रोइड अपग्रेडको ग्यारेन्टी दिइएको छ । वन यूआई सेभेनमा चल्ने फोनमा प्रयोगकर्ताको डेटा सुरक्षाका लागि ‘सामसङ नक्स भल्ट’ फिचर पनि रहेको छ ।
















आजदेखि धोबी खोला करिडोरका पक्की घर भत्काउन सुरु
धोबी खोला करिडोरका पक्की घर भत्काउन थालियो
पाकिस्तानमा महँगीको असर गहिरिँदै, अप्रिलमा मुद्रास्फीति उच्च
सडक सुरक्षा प्रणाली सुधार्ने सरकारको प्रतिबद्धता
नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया