इंग्ल्यान्डविरुद्धको टेस्टः स्टोक्सको घातक बलिङले भारत दबाबमा

काठमाडौं – इंग्ल्यान्डविरुद्धको टेस्ट क्रिकेटमा भारत दबाबमा परेको छ। इङ्गल्यान्डका कप्तान बेन स्टोक्सले पाँच विकेट लिएपछि भारतले दोस्रो टेस्टमा ३५८ रनको मध्यम स्कोर खडा गरेको छ।
बिहीबार दोस्रो दिनको खेल सकिँदा यशस्वी जयसवालले ५८, साइ सुदर्शनले ६१ तथा ऋषभ पन्तले ५४ रन जोडे। इङ्गल्यान्डका बेन स्टोक्सले ५ तथा जोफ्रा आर्चरले ३ विकेट लिए।इङ्गल्यान्डका ज्याक क्रोलीले ८४ तथा बेन डकेटले ९४ रन जोडे। डेब्यु गरेका अशुल खम्बुजले पहिलो टेस्ट विकेटको रूपमा डकेटलाई आउट गरे।
इङ्गल्यान्डका जोए रुट ११ तथा ओलिप पोपले २० रनबाट शुक्रबार खेल्न सुरु गर्ने छन्। भारतले ऋषभ पन्तलाई चोटका कारण पहिलो दिनको सुरुमै गुमाएको थियो । उनी दोस्रो दिन ब्याटिङमा फर्किएका थिए ।टस जितेर फिल्डिङ रोजेको इंग्ल्यान्डले यो टेस्ट जिते कप्तान बेन स्टोक्सको निर्णय ऐतिहासिक ठहर हुने छ। यसअघि म्यानचेस्टरमा पहिला फिल्डिङ गरेका कुनै टोलीले खेल जितेका छैनन्।














HoR Election: Chief Election Officer Offices to be established today
निर्वाचन आयोग परिसरमा देउवा र गगन पक्षकाे प्रदर्शन, सुरक्षा व्यवस्था कडा
एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान राजभण्डारी नियुक्त
खैरो हेरोइनसहित एक जना पक्राउ
Trump Announces Formation of Gaza Peace Council
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
प्रतिक्रिया