इंग्ल्यान्डविरुद्धको टेस्टः स्टोक्सको घातक बलिङले भारत दबाबमा

काठमाडौं – इंग्ल्यान्डविरुद्धको टेस्ट क्रिकेटमा भारत दबाबमा परेको छ। इङ्गल्यान्डका कप्तान बेन स्टोक्सले पाँच विकेट लिएपछि भारतले दोस्रो टेस्टमा ३५८ रनको मध्यम स्कोर खडा गरेको छ।
बिहीबार दोस्रो दिनको खेल सकिँदा यशस्वी जयसवालले ५८, साइ सुदर्शनले ६१ तथा ऋषभ पन्तले ५४ रन जोडे। इङ्गल्यान्डका बेन स्टोक्सले ५ तथा जोफ्रा आर्चरले ३ विकेट लिए।इङ्गल्यान्डका ज्याक क्रोलीले ८४ तथा बेन डकेटले ९४ रन जोडे। डेब्यु गरेका अशुल खम्बुजले पहिलो टेस्ट विकेटको रूपमा डकेटलाई आउट गरे।
इङ्गल्यान्डका जोए रुट ११ तथा ओलिप पोपले २० रनबाट शुक्रबार खेल्न सुरु गर्ने छन्। भारतले ऋषभ पन्तलाई चोटका कारण पहिलो दिनको सुरुमै गुमाएको थियो । उनी दोस्रो दिन ब्याटिङमा फर्किएका थिए ।टस जितेर फिल्डिङ रोजेको इंग्ल्यान्डले यो टेस्ट जिते कप्तान बेन स्टोक्सको निर्णय ऐतिहासिक ठहर हुने छ। यसअघि म्यानचेस्टरमा पहिला फिल्डिङ गरेका कुनै टोलीले खेल जितेका छैनन्।

















यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व सङ्कलन
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
झापामा ८ महिनामा ७ सय १७ घरेलु तथा साना उद्योग थपिए
नुुवाकोटमा सिकारीले हानेको गोली लाग्दा एक महिला गम्भीर घाइते
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
प्रतिक्रिया