अस्ट्रेलियन पत्रिकाको दाबी
कोरोना भाइरसलाई चीनले तेस्रो विश्वयुद्ध हतियारका रूपमा प्रयोग गर्न चाहन्थ्यो
काठमाडौँ । विश्वभर कोरोना भाइरस (कोभिड १९) का कारण दैनिक लाखौँ मानिसहरू संक्रमित भइरहेका छन् । हजारौँ संख्यामा मान्छेले अकालमा नै ज्यान गुमाइरहेका छन् ।
कोरोना महामारीको आक्रान्त भएको अवस्थामा चीनले विगत ६ वर्षदेखि कोरोना भाइरस निर्माणमा काम गरिरहेको समाचार प्रकाशित भएको छ । द विकेण्ड अस्ट्रेलियन नामको अस्ट्रेलियाको ठूलो सञ्चार माध्यमले चीनले सन् २०१५ देखि नै कोरोना जस्तो जैविक हतियार तयार गर्न लागिपरेको समाचार प्रकाशित गरेको हो ।
द विकेण्ड अस्ट्रेलियन पत्रिकाले आफ्नो रिपोर्टमा चीनले कोरोना भाइरस निर्माण गरी विश्वभर फैलाएको समाचार प्रकाशित गरेको हो । पत्रिकाले प्रकाशित गरेको समाचार तयार पार्नका लागि चीनको एक शोध पत्रलाई आधार बनाइएको छ । शोध पत्रअनुसार चीनले ६ वर्ष पहिले नै सार्स वाइरसको मद्दतले जैविक हतियार बनाउन कोशिस गरिरहेका थिए ।
द विकेण्डले चीनमा प्रकाशित भएको शोध पत्रमा चिनियाँ वैज्ञानिक तथा स्वास्थ्य अफिसरहरूले कोरोना भाइरसको अलग- अलग विषयबारे छलफल गरेको जनाएको छ ।
त्यसबेला चिनियाँ वैज्ञानिकहरूले तेस्रो विश्वयुद्धमा कोरोना भाइरस जस्तो जैविक हतियार प्रयोग हुने बताएका थिए । यसका साथै वैज्ञानिकहरूले कोरोनाबारे विभिन्न तवरबाट हेरफेर गर्न सकिने बारे अध्ययन गरेका थिए ।
द विकेण्डले कोरोनाविरूद्ध चीनले गरेको क्रियाकलापबारे सवाल उठाएको छ । समाचारमा भनिएको छ, जब भाइरसको बारेमा जाँच गर्न सवालको कुरा हुन्छ, किन चीन पछि हट्छ ?
कुनै हालतमा चमेरोबाट फैलिन सक्दैन्, यो सिद्धान पूरै गलत हो,चीनमा प्राप्त शोध पत्र अध्ययनपछि अस्ट्रेलियाका साइबर सुरक्षा विशेषज्ञ रोबर्ट पटरले भने,’चीनमा कोरोना भाइरसबारे अध्ययन गरिएको शोध पत्रमा एकमद सही छ, हामी चीनको शोध पत्र अध्ययन गरिरहेका छौँ, यसबाट थाहा हुन्छ कि चिनियाँ वैज्ञानिक के सोचिरहेका छन् ।’
कोरोना भाइरसलाई लिएर तत्कालीन अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पले यो चिनियाँ भाइरस भएको बताउँदै आएका थिए । उनले सार्वजनिक स्थानमा नै पटकपटक कोरोनालाई चिनियाँ भाइरसको संज्ञा दिँदै आएका थिए ।
कोरोना चीनमो ल्याबमा तयार भएको हो, यसले गर्दा विश्वभरको स्वास्थ्य क्षेत्रमा ठूलो असर पुग्न सक्छ, ट्रम्पले भनेका थिए, केही देशले आफ्नो अर्थतन्त्र सम्हाल्न सक्ने अवस्थामा हुँदैन ।
कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभर १५ करोड ८८ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । यस्तै, ३३ लाख २ हजार ५० जनाले ज्यान गुमाइसकेका छन् । एजेन्सीको सहयोगम














48 days to go for elections: Functions of returning officer
एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त
oday’s weather forecast
अदालतको आदेशपछि चिकित्सक संघको निर्वाचन स्थगित
पर्सामा निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीको आवेदन
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
प्रतिक्रिया