नाइमा अटो शोमा याडियाको भेलक्स सिरिज सार्वजनिक हुँदै

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफेक्चरर्स एसोसिएसन ९नाइमा० अटो शो- २०२५ मा याडियाको भेलक्स सिरिज सार्वजनिक हुने भएको छ ।
नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिले भेलक्स सिरिज सार्वजनिक गर्न लागेको हो ।
भेलक्स फास्ट चार्जिङ, भेलक्स यू अल्ट्रा परफर्मेन्स र भेलक्स एच हाइ परफर्मेन्स पहिलो पटक सार्वजनिक गर्न लागेको हो ।
भेलक्स फास्ट चार्जिङ मोडलले ११० किमी सम्मको रेञ्ज दिने जनाइएको छ । यसमा २० मिनेटमै ८० प्रतिशत चार्ज गर्न सक्ने क्षमता रहेको छ । यसमा ३ हजार २०० वाट मोटर, ६२ किमीरघण्टा गति र १७२ एनएम टर्क रहेको छ ।
भेलक्स यू प्रदर्शनका पारखीहरूका लागि तयार पारिएको याडियाको प्रमुख मोडेल हो । यो डुअल ७४ भी २० एएच ब्याट्री सिस्टमद्वारा सञ्चालित छ र १४० किमीसम्म रेञ्ज प्रदान गर्छ । यसमा ४ हजार ९०० वाट शक्तिशाली मोटर, ८० किमीरघण्टा गति र १७६ एनएम टर्क रहेको छ ।
दैनिक प्रयोगकर्ताहरूका लागि सहज, भरपर्दो र सुलभ मूल्यमा उपलब्ध भेलक्स एच याडियाको मूल्यमैत्री तर शक्तिशाली मोडेल हो । यसमा ७२ भी ३० एएच ब्याट्री छ, जसले १०० किमी सम्म रेञ्ज दिन्छ । यसमा ३ हजार २०० वाट मोटर, ६२ किमीरघण्टा टप स्पीड र १७२ एनएम टर्क रहेको छ ।
याडिया भेलक्स सिरिजले नेपालको इलेक्ट्रिक मोबिलिटी यात्रालाई नयाँ उचाइमा पु¥याउनेछ विश्वास कुजु नेपालले जनाएको छ ।
















धोबी खोला करिडोरका पक्की घर भत्काउन थालियो
पाकिस्तानमा महँगीको असर गहिरिँदै, अप्रिलमा मुद्रास्फीति उच्च
सडक सुरक्षा प्रणाली सुधार्ने सरकारको प्रतिबद्धता
नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने
मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
प्रतिक्रिया