चार वर्षयताकै उच्च विन्दुमा नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३० दशमलव ७६ अंकले बढेर तीन हजार दुई दशमलव ०७ विन्दुमा कायम भएको छ । यो चार वर्षयताकै उच्च विन्दु हो ।
आज नेप्से एक दशमलव ०३ प्रतिशतले बढेको हो ।
यसअघि ०७८ साउन ७ गते नेप्से परिसूचक ३००४.३३ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो । त्यही वर्ष भदौ २ गते परिसूचक ३१९९.०२ विन्दुमा पुगेर रेकर्ड ब्रेक गरकाे थियाे ।
गत वर्षको साउन ३१ गते परिसूचक ३०००.८१ विन्दुमा पुगेर बन्द भएको थियो । त्यसयता नेप्सेमा ३ हजार विन्दु पार भएकाे थिएन ।
आज ३२१ कम्पनीको चार करोड १८ लाख आठ हजार ९६६ कित्ता शेयर एक लाख ५७ हजार ५२५ पटक खरिदबिक्री हुँदा रु १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार ८८५ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा विकास बैंक, वित्त र व्यापार समूहको उपसूचक घटेको छभने अरू सबै समूहको उपसूचक बढेको छ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, ट्रेड टावर लिमिटेड, सान्भी इनर्जी लिमिटेड र नेडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
सबैभन्दा धेरै घट्नेमा भने समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर आठ दशमलव ६० प्रतिशत छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेड रु ६४ करोड ४१ लाख ३८ हजार बराबरको शेयर खरिदबिक्री भएको छ । शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै प्रभु बैङ्क लिमिटेडको १८ लाख ५८ हजार २२३ कित्ता शेयर किनबेच भएको छ ।













गोरखा-२ मा एमालेबाट चक्रे मिलनसहित पाँच जनाको नाम सिफारिस
फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल
पूर्वराष्ट्रपति भण्डारीद्वारा सर्वोच्च अदालतको अवलोकन
कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
प्रतिक्रिया