संघीय संसद अन्तर्गतका पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गतका पाँचवटा समितिको बैठक बस्दैछ ।
संघीय संसद सचिवालय सिंहदरवारमा उक्त बैठक बस्नेछन् ।
जसअनुसार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको ११ः३० बजेवाट सुरू हुनेछ । जुन बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा भूमि व्यवस्था, सहकारी निवारण मान्त्रालयका माननीय मन्त्री, भूमि आयोगका पदाधिकारी, भूमि, वन तथा कानून क्षेत्रका विज्ञ व्यक्तित्वहरुसँग छलफल गरिनेछ ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिमा मधेश प्रदेश लगायत देशका विभिन्न क्षेत्रमा देखिएको खानेपानी समस्याको समाधानको लागि मन्त्रालयबाट भएका कामकारवाही वारेमा छलफल हुनेछ । जुन बैठक बिहान ११ः३० बजे बोलाइएको छ ।
विधायन व्यवस्थापन समितिमा पुरानै अजेन्डा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ । जुन बैठक दिउँसो १ः०० बजेबाट सुरू हुनेछ भने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरुको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानको लागि भएका प्रयासका बारेमा छलफल हुनेछ । जुन बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।









नेत्रहीन महिला विश्वकप क्रिकेट : फाइनलमा आज नेपाल र भारत भिड्दै
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
प्रतिक्रिया