शुक्रबार, मंसिर १२, २०८२

आइएमई लाइफको ‘बिजनेश एक्सलेन्स अवार्ड नाइट २०२५’ भव्य रुपमा सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित

मेरोन्यूज २०८२ साउन १५ गते २१:१६

काठमाडौं । आइएमई. लाइफ इन्स्योरेन्सको ‘बिजनेश एक्सलेन्स अवार्ड नाइट २०२५’ भव्य रुपमा सम्पन्न भएको छ । आर्थिक बर्ष २०८१–८२ मा उत्कृष्ट व्यबसाय गर्ने कम्पनीमा आबद्ध अभिकर्ताहरुलाई सम्मान गर्ने उद्देश्यले आयोजित कार्यक्रम पोखरामा सम्पन्न भएको हो ।

पोखरा ग्राण्डमा आयोजित सो समारोहमा कम्पनीका सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, नावय प्रमुख कार्यकारी अधिकृतहरु, चिफ मार्केटिङ अफिरहरु , प्रदेश प्रमुखहरु र कम्पनीका कर्मचारीहरुको सहभागितामा उक्त अवार्ड समारोह सम्पन्न भएको कम्पनीले जनाएको छ ।

कम्पनीका अभिकर्ताहरूको व्यबसायीक उत्कृष्टता, समर्पण र निरन्तरताको कदरस्वरुप उक्त विषेश कार्यक्रम आयोजना गरिएको थियो । स्वदेशि उधोगहरुलाई प्रवद्र्धन गर्ने उद्देश्यले अभिकर्ताहरूलाई नेपालमै निर्मित स्वदेशि आखिझ्याल शैलिका विशेष अवार्ड प्रदान गरिएको थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले कम्पनीले प्राप्त गरेको सफलता सम्मान र अवार्डहरु अभिकर्ता र कर्मचारी साथिहरूको निरन्तर सहकार्य प्रतिफल भएको र भविष्यमा अझ प्रगतिशील, प्रविधिमैत्री, बीमित र अभिकर्ता केन्द्रित सेवाहरू सञ्चालन गर्दै लैजाने ब्यहोरा उदघोष गरि उक्त समारोहको समापन गरिएको थियो ।

प्रतिक्रिया