आजको मौसमः तराई मधेसका भू-भागमा भारी बर्षा

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थान भन्दा उत्तर तर्फ अवस्थित छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भईरहेको छ।
दिउँसो देशको पहाडी भू-भागमा साधारणतया बदली रही तराई भू-भागमा आंशिक बदली रहनेछ। बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
राती भने देशको पहाडी भू-भागमा साधारणतया बदली रही तराई भू-भागमा आंशिक बदली रहनेछ। मधेश प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भाग एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा आवश्यक सतर्कता अपनाउनु हुन तथा पछिल्लो मौसमी सूचनाको जानकारी लिन महाशाखाले अनुरोध गरेको छ।









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
प्रतिक्रिया