दुई वर्षभित्र भूमिहीनको हातहातमा लालपूर्जा दिन्छाैँ

कञ्चनपुर। नेपाली कांग्रेसका नेता एनपी साउदले दुई वर्षभित्र भूमिहीनको हातहातमा लालपूर्जा पु-याउने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्लाफाँटा नगरपालिका–२ रानीपुरमा आज आयोजित कार्यक्रममा उनले भूमि आयोगका कार्यलाई जनशक्ति थपेर भए पनि तीव्रता दिनुपर्नेमा जोड दिए ।
अव्यवस्थित बसोवासीले तिर्नुपर्ने जग्गाको शुल्क ८० प्रतिशतबाट घटाएर २० प्रतिशतभन्दा कम गरिएको उनले बताए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जोनापुर क्षेत्र हुँदै मझगाउँसम्मको पर्यटकीय मार्ग निर्माणका लागि काम अगाडि बढाउन लागिएको उहाँले जानकारी दिए ।
“यसबारे सम्बन्धित पक्षसँग छलफल भइरहेको छ”, उनले भने, “मार्गको प्रवेश विन्दुमा पर्ने स्याली नदीमा पुलको आवश्यकता छ ।” पूर्वमन्त्री समेत रहनुभएका उनलाई स्थानीय बासिन्दाले जङ्गली जनावरको आतङ्क रोक्न मेसवायर जडान, सनवोरा र स्याली नदीमा तटबन्ध निर्माण, सनवोरा नदीमा पक्की पुल निर्माणका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
















जम्मु कश्मीरमा हिम–पहिरो, ७ जनाको मृत्यु
ग्रीसको समुन्द्री तटमा फसेको डुङ्गामा ६ दिन पछि २२ जना आप्रवासीको मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
प्रधानमन्त्रीद्वारा भारत र पाकिस्तानका नेताहरुप्रति कृतज्ञता व्यक्त, सहकार्यको प्रतिबद्धता
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
प्रतिक्रिया