यी भूभागमा भारी वर्षाको सम्भावना, सतर्क रहन अनुरोध

काठमाडौं, १८ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ। मनसुनको न्यून चापीय रेखा आगामी केही दिन सरदर स्थानभन्दा उत्तर नेपालको तराई नजिक रहने देखिएकाले मधेश प्रदेश लगायत देशभर मनसुन थप सक्रिय हुने देखिन्छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भईरहेको छ।
दिउँसो देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश लगायत लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
राती भने देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत बाँकी तराई भू-भागका धेरै स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश लगायत लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
बागमती प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको र आगामी केही दिन मधेश प्रदेश लगायत देशभर मनसुन थप सक्रिय हुने देखिएकोले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा पछिल्लो मौसमी सूचनाको जानकारी लिन महाशाखाले अनुरोध गरेको छ।









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
प्रतिक्रिया