भेनेजुएलामा ऐतिहासिक कानून लागू, १७ राजनीतिक बन्दी मुक्त

भेनेजुएलामा नयाँ आममाफी कानून लागू भएपछि राजधानी काराकासस्थित जेलबाट १७ जना राजनीतिक बन्दी रिहा भएका छन् । पत्रकारहरूले शनिबार उक्त रिहाइको दृश्य प्रत्यक्ष देखेका थिए ।
गत महिना पारित गरिएको यो ऐतिहासिक कानूनलाई डेल्सी रोड्रिगेजले अघि बढाएका हुन् । उनी पूर्व राष्ट्रपति निकोलस मादुरो पक्राउ परेपछि सत्ता सम्हाल्दै आएको बताइएको छ ।
मानवअधिकार संस्था फोरो पेनालका अनुसार, मादुरो पदच्युत भएयता हालसम्म ६२१ भन्दा बढी राजनीतिक बन्दीहरू रिहा भइसकेका छन् । तर, अझै करिब ५०० जना बन्दी जेलमा छन् ।
बन्दीका परिवारहरूले लामो समयदेखि रिहाइको माग गर्दै आएका थिए । केही महिलाहरूले झन्डै एक हप्ता लामो अनशन गरे भने केही परिवारले जेलको गेटमा साङ्लो लगाएर विरोध प्रदर्शन गरे । कतिपयले हप्तौँसम्म टेन्टमा बसेर आन्दोलन गरेका थिए ।
रिहा भएका राजनीतिक कार्यकर्ता ओमर टोरेसले स्वतन्त्र भएपछि आफू अत्यन्त खुसी लागेको बताए । उनले भने“अहिले कसैलाई दोष दिने समय होइन, स्वतन्त्र भएकोमा खुशी छु ।”
सरकारका अनुसार जेल र परोलमा रहेका गरी ७ हजारभन्दा बढी मानिसलाई स्वतन्त्रता प्रदान गरिएको छ । तर काराकासको जोन ७ जेलबाट छुटेका बन्दीहरूले आफ्नो पूर्ण स्वतन्त्रता सुनिश्चित गर्न अदालतमा उपस्थित हुनुपर्ने छ ।
पूर्व सांसद फर्नान्डो ओरोस्कोका छोरा ब्रायन ओरोस्कोले बाँकी राजनीतिक बन्दीहरूको रिहाइका लागि प्रयास जारी रहने बताए । रिहाइको क्रममा बाहिर ‘स्वतन्त्रता, स्वतन्त्रता’ भन्ने नारासहित खुशी र भावुक दृश्य देखिएको थियो ।
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रतिक्रिया