प्रधानमन्त्री ओलीको प्रश्न -सभामुख महोदय,यी सबै विकास हैन र ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्यलाई स्वीकार गरेर अगाडि बढ्नु पर्ने भए यो सरकारलाई अविश्वास गर्नु पर्ने कुनै कारण नभएको बताएका छन् । उनले यो सरकारले सत्यलाई सधै साथमा लिएर हिडेकाले आफूले विश्वासको मत पाउनेमा ढुक्क भएको बताए ।
‘हामी सबैलाई थाहा छ, काठमाडौँमा मेलम्ची आइपुगेको छ, धरहरा बनेको छ, रानीपोखरी तयार भइसकेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘देशमा अकल्पनीय रुपमा विकास भइरहेको छ, देशमा दैनिक ६ किलोमिटर कालोपत्रे सडक बनेको छ, यो सरकारले गरेको अविश्वासनीय काम हो ।’
प्रधानमन्त्री ओलीले देशमा तीव्र गतिका रुपमा विकास भइरहेकाले यसका साथै शिक्षा, स्वास्थ्यलगायत विभिन्न विषयमा सरकारले ध्यान दिएको छ । ‘कृषि क्षेत्रको कामदेखि देशमा भएको विकाशले ठूलो काम गर्न लागिरहेका छौँ,’ उनले भने, ‘सरकारले ढुंगा फ्याँकेर जहाँ पुग्छ, त्यही नै मेरो निसाना हो भनेको छैन, सबै कुरामा सरकारले ध्यान दिएर लागेको छ ।’
एकै रातमा जादुको छडी जस्तो विकास नभए पनि विकास भएको प्रधानमन्त्री ओलीले दाबी गरे । उनले सरकारले धेरै काम गरिरहेको बताउँदै भने, ‘सडकबाट बालबालिका हटिसक्यो, सडकमा अलपत्र छोडिएका बालबालिकालाई खाते भन्ने कुरा इतिहास भइसकेको छ ।’
‘सभामुख महोदय यी सबै विकास हैन र रु, अब सरकारले कसको प्रचार गर्नु पर्ने हो रु कसको कुप्रचार गर्नु पर्ने हो रु’ प्रधानमन्त्री ओलीले सरकारले गरेको कामका बारेमा बेलिविस्तार दिँदै सभामुखलाई भने, ‘सभामुख महोदय यी सबै कामलाई लिएर मलाई विश्वासको मत आउने विश्वास गरेको छु, यही सदनको बलले फेरि पनि प्रधानमन्त्रीमा रहन्छु भन्ने विश्वास लिएको छु ।’
















सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
टी–२० विश्वकप खेलमा स्कटल्यान्डमाथि वेस्ट इन्डिजको रोमाञ्चक जीत
दुर्गा प्रसाईलाई तत्काल रिहा गर्न राप्रपाको माग
पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै, कस्ले जित्ला झापा–४ यसपालीकाे निर्वाचन ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
प्रतिक्रिया