बैंकिङ प्रणालीबाट थप ५० अर्ब तरलता तान्दै राष्ट्र बैंक
मेरोन्यूज
२०८२ साउन १८ गते ११:३५

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आगामी ४२ दिनका लागि थप ५० अर्ब रुपैयाँ बराबरको तरलता सङ्कलन गर्न लागेको छ।
आइतबारका लागि तोकिएको यस विशेष सङ्कलनको सूचना राष्ट्र बैंकले सार्वजनिक गरेको हो। सूचनामा उल्लेख गरिएको अनुसार, बोलकबोल प्रक्रियामार्फत संकलन गरिने तरलताको साँवा तथा ब्याज भुक्तानी भदौ २९ गते हुनेछ।
बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूले मात्र सहभागी हुन पाउने छन्। सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँको प्रस्ताव राख्न सक्नेछन्।
प्रस्तावित रकम ५ करोडको गुणानुपातमा तोकिएको दरमा भाग लगाइनेछ, र बाँकी रकम निःशेष भागसम्म स्वीकृत गरिने व्यवस्था छ।
नेपाल राष्ट्र बैंकले देशको मौद्रिक तरलता सन्तुलनमा राख्न यस्ता अल्पकालीन सङ्कलन उपकरणहरू नियमित रूपमा सञ्चालन गर्दै आएको छ।
सम्बन्धित
















नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
तिलगङ्गा पशुपति क्षेत्रका अतिक्रमित घर भत्काइँदै
बाढीले फेरि बगायो कमला नदीको ‘डाइभर्सन’, हुलाकी राजमार्ग अवरुद्ध
अमेरिकी विशेष दूत गोर र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
हर्क साम्पाङले मागे बालेनको राजिनामा
प्रतिक्रिया