नेपाली यु-२० महिला रग्बी टोली घोषणा, २२ गते भारत जाने

काठमाडौं । एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स ट्रफीका लागि नेपाली महिला रग्बी टोली घोषणा गरिएको छ ।
आगमी साउन २४ देखि २७ गतेसम्म भारतमा हुने एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स ट्रफी २०२५ का लागि नेपाली टोली घोषणा गरिएको हो ।
नेपाल रग्बी संघले आइतबार १३ सदस्यीय नेपाली युवा टोली घोषणा गरेको हो । जसअनुसार टोलीमा सम्झौता तुम्बापो, लक्की मगर, सनमिका मगर, रेखा खड्का, सुशीला सुनुवार, निशा घलान, रोश्ना पोखरेल, पूजा डङ्गोल, कविता बादी, आरुषी भट्टराई, सलिना माझी, समीक्षा गौतम र रमिरा शाही रहेकी छन् ।
सो टोली साउन २२ गते भारत प्रस्थान गर्नेछ । सो प्रतियोगिताका लागि सावित्री पुर्जाको नेतृत्वमा हाल सर्लाहीको राधाकृष्ण खेल मैदानमा प्रशिक्षण भइरहेको छ । सङ्घका महासचिव गोविन्द घिमिरेका अनुसार भारतको मौसमसँग मिल्नेगरी टोलीलाई बिगत एक महिनादेखि सर्लाहीमा प्रशिक्षणमा राखिएको हो ।
भारतको बिहारस्थित राजगीर रङ्गशालामा हुने प्रतियोगितामा एसियाका विभिन्न ११ राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्नेछन ।














कर छुटको सुविधा चैत मसान्तसम्म
निर्वाचन आयोग पुग्यो सभापति गगन थापाको टोली
यस्ता छन् गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय
पर्यटकीय गन्तव्य बन्दै रसुवा, ६ महिनामा ३२ हजार बढीले गरे भ्रमण
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
प्रतिक्रिया