नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको हाइब्रिड इलेक्ट्रिकमा विशेष अफर

काठमाडौँ । टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डीकेटले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को अवसरमा विशेष अफर सार्वजनिक गरेको छ। साउन २१ देखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने उक्त एक्स्पोमा ‘टोयोटा मेगा अफर’ अन्तर्गत ग्राहकलाई विभिन्न आकर्षक सुविधा प्रदान गरिनेछ।
एक्स्पोमा टोयोटाका तीन लोकप्रिय मोडलहरू यारिस क्रस हाइब्रिड इलेक्ट्रिक, ल्यान्ड क्रुसर २५० लगायतका गाडीहरू प्रदर्शनीमा राखिनेछ। एक्स्पो अवधिभर टोयोटा गाडी बुक गर्ने ग्राहकले भारी छुट, टोयोटा प्ल्याटिनम कार्ड, जीवनभर निःशुल्क पिकअप तथा ड्रप सेवा लगायतका विशेष सुविधा प्राप्त गर्ने कम्पनीले जनाएको छ।
त्यसैगरी, टोयोटाको स्टलमा आउने प्रत्येक आगन्तुकले आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्। यद्यपि यी अफरहरू एक्स्पो अवधिभर गाडी बुक गर्ने ग्राहकहरूका लागि मात्र लागू हुने कम्पनीले स्पष्ट पारेको छ।

















कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा किसान सूचीकरण कार्यक्रम सञ्चालन
Free press for good governance, transparency: Minister Dr Timilsina
नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुआत
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया