विद्युतीय सवारी बजारमा याडियाको नयाँ प्रस्तुतिः भेलाक्स सिरिज सार्वजनिक

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा आयोजना गरिएको नाइमा नेपाल मोबिलिटी एक्स्पोमा याडियाले आफ्नो नयाँ स्कुटर ‘भेलाक्स सिरिज’ सार्वजनिक गरेको छ ।
नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिले तीनवटा मोडल भेलाक्स फास्ट चार्जिङ, भेलाक्स यु र भेलाक्स एच सार्वजनिक गर्दै बिक्री सुरु गरेको हो । भेलाक्स फास्ट चार्जिङमा ७६ भोल्ट ३० एएच ब्याट्री र ३ हजार २ सय वाटको मोटर रहेको छ । जसले ११० किलोमिटरसम्मको रेन्ज दिन्छ । २० मिनेटमै ८० प्रतिशतसम्म चार्ज हुने क्षमताले यो मोडललाई डेलिभरी तथा व्यस्त यात्रुका लागि उपयुक्त बनाएको छ ।
भेलाक्स युमा डुअल ब्याट्रीको संयोजन छ, जसले १४० किलोमिटर रेन्ज र ८० किमी प्रतिघण्टाको गति दिन्छ । शक्तिशाली मोटरसहित यसमा १७६ एनएम टर्क रहेको छ । भेलाक्स एच भने दैनिक यात्रुका लागि सुलभ र भरपर्दाे मोडलका रूपमा डिजाइन गरिएको छ । ७२ भोल्ट ३० एएच ब्याट्रीसहित यसले सय किलोमिटरसम्मको रेन्ज र ३ हजार २ सय वाट मोटरसहित ६२ किमी प्रतिघण्टाको गति दिन्छ ।
यी सबै मोडलहरूमा स्मार्ट अनलक, मोबाइल एप इन्टिग्रेसन, क्रुज कन्ट्रोल, रिभर्स मोड, डिजिटल ड्यासबोर्ड, एलईडी लाइट र युएसबी चार्जिङ पोर्ट जस्ता फिचरहरू उपलब्ध छन् । यसको मूल्य २ लाख ८५ हजार रहेको छ ।
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
प्रतिक्रिया