फोर्थिङको ‘फ्राइडे ईभी’ नेपालमा सार्वजनिक

काठमाडौं । लक्ष्मी ई–मोबिलिटीले चीनको ईभी ब्रान्ड फोर्थिङ नेपालमा सार्वजनिक गरेको छ । बुधबारदेखि भृकुटीमण्डपमा सुरु भएको नाइमा मोबिलिटी एक्स्पोमा कम्पनीले पहिलो मोडल फ्राइडे सार्वजनिक गरेको हो ।
सार्वजनिक भएको यो गाडी नेपालमा लक्जरी र एक्सक्लुसिभ दुई भेरियन्टमा सार्वजनिक भएको छ । जसमा लक्जरीको ५०.९६ लाख र एक्सक्लुसिभको ५६.९६ लाख रुपैयाँ मूल्य छ । तर नाइमा मोबिलिटी एक्स्पोमा खरिद गर्दा ग्राहकलाई सस्तो पर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले एक्स्पोमा विशेष अफर समेत सार्वजनिक गरेको छ । यो गाडी खरिदकर्ताले २ लाख छुट र १ वर्षको अटोप्लस बीमा प्रदान गर्नेछ । कम्पनीका अनुसार ग्राहकले लक्जरी भेरियन्ट ४८.९६ लाखमा र एक्सक्लुसिभ भेरियन्ट ५४.९६ लाखमा पाउन सक्नेछन् ।
यो गाडीमा ६४.४ किलोवाट आवर ब्याट्री र ९९ केडब्लु मोटर छ । यसले ४०० किमिभन्दा बढी रेन्ज दिने कम्पनीले जनाएको छ । स्मार्ट इर्गोनोमिक्सलाई प्राथमिकता दिई निर्माण गरिएको गाडीमा प्रिमियम मसाज स्पोट्र्स सिट छ । यसले ड्राइभिङ अनुभवलाई आरामदायी बनाउने कम्पनीले जनाएकाे छ ।















स्रोत नखुलेको रु २७ लाखसहित दुई जना पक्राउ
पहिराले मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रुपमा अवरुद्ध
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया