एनपिएलको दोस्रो संस्करणको अक्सन सुरु

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि खेलाडीको लिलामी (अक्सन) सुरु भएको छ। अहिले दिउँसो ३:४५ बजेबाट अक्सन सुरु भएको हो। अक्सनका लागि क्यानले १५० खेलाडीको समावेश छन्।
एनपिएलमा सहभागी आठ टोलीले चाहेका र क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डअनुसार ती खेलाडीलाई अन्तिम सूचीमा राखिएको क्यानले जनाएको छ।
अक्सनमा समावेश खेलाडीलाई विभिन्न श्रेणीमा बाँडिएको छ। श्रेणी ‘ए’ मा आठ खेलाडी छन् । जसमा अर्जुन साउद, दिलीप नाथ, देव खनाल, पवन सर्राफ, शरद भेषवाकर, मोहम्मद आदिल अन्सारी, सूर्य तामाङ र सुमन गौतम छन्।
यस्तै श्रेणी ‘बी’ मा अनिल खरेल, अर्जुन कुमाल, दीपक बोहरा, कृष्ण कार्की, प्रज्वल थापालगायत ३५ खेलाडी छन्। यस्तै श्रेणी ‘सी’ मा १०७ खेलाडी छन्।
यसअघि एनपिएलका टोलीहरूले पहिलो संस्करणमा खेलेका खेलाडीमध्येबाट मार्की खेलाडीसहित केही खेलाडी रिटेन गरेका थिए। बाँकी खेलाडी छनोटका लागि यो अक्सन राखिएको हो।
अक्सनको प्रत्यक्ष प्रसारण एनपिएलको आधिकारिक युट्युब च्यानलबाट प्रसारण भइरहेको छ।

















काठमाडौँका बीस हजार विद्यार्थीको आँखा जाँच गरिंदै
मृत्युको हल्ला चलेपछि बेन्जामिन नेतन्याहुले भने -‘म जिउँदै छु’
आज विश्व मुख स्वास्थ्य दिवसः मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव
जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने
आज विश्व हिमनदी दिवस
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
प्रतिक्रिया